बैशाख २१, काठमाडौँ । काठमाडौं महानगरपालिकाले लोकसेवाको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ। महानगर प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत महानगरपालिकाको सामाजिक विकास विभागले प्रकाशित गरेको उक्त सूचना सार्वजनिक गरेका हुन् ।

उक्त सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागको आर्थिक वर्ष ०८०\०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत काठमाडौं महानगरवासीलाई लोक सेवा तयारी कक्षा सञ्चालन गर्नुपर्ने भएको तपसिल बमोजिमको आवश्यक कागजातसहित ७ दिनभित्र यस विभागमा आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।’

तयारी कक्षामा सहभागिता जनाउन चाहने व्यक्तिहरुले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाण कागजातका साथमा खरिदार तथा नायक सुब्बास्तरको तयारी कक्षामा सहभागिताका लागि प्रमाणपत्र तहको तथा अधिकृत स्तरको तयारी कक्षामा सहभागिताका लागि स्नातक तहको शौक्षिक प्रमाण पत्र पेश गर्नु पर्नेछ ।’

May 3, 2024
समाज
महानगरले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने
By साझासवाल
3 मिनेट पढाइ