पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीसमेत विभाजन हुने चर्चा चलेको छ । तर एकीकृत समाजवादी विभाजन गर्न कुनै शक्तिले नसक्ने नेताहरूको दाबी छ ।

‘कुनै पनि शक्तिले नेकपा एकीकृत समाजवादी पार्टी विभाजन गर्न सक्दैन’, उपाध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ ।