२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिए सन्दीपको कानूनी टीममा

२०८१, ३० बैशाख आईतवार ०९:१९

बैशाख ३०, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको कानूनी टीममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिएका छन् । देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी राजनीतिज्ञसमेत हुन् । उनी नेकपा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । फरक वाककलाका लागि उनी प्रख्यात छन् ।

उच्च अदालतमा विचाराधीन मुद्दाका लागि सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् । सन्दीपसँग आधा दर्जन कानून व्यवसायीको टीम छ, जसमा केही कहलिएका नामहरू छन् । त्यसमा बिडारी थपिएपछि सन्दीपको टीम थप मजबुत बनेको छ । 


 पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए । यस्तै, वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा र सविता भण्डारीलगायत पनि उनको टीममा छन् । टीमको संयोजन भने अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन् । जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको हो । अहिलेसम्म एक पटक भएको सुनवाइमा सन्दीपको एक मात्रै वकिल कृष्ण सापकोटाले बहस गर्ने मौका पाएका छन् ।

सन्दीपको मुद्दामा अर्को पेसी १ जेठलाई तोकिएको छ । यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो । पटक–पटक पेसी सरिरहेकाले पर्सी तोकिएको सुनवाइ पनि हुन्छ भन्न सकिने अवस्था छैन । सन्दीपको पक्ष मुद्दाको सुनवाइ चाँडै होस भन्ने पक्षमा छ । यदि मुद्दाको चाँडो किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा भाग लिन सक्ने अवस्था हुन्छ ।

तर, गौशाला २६ का वकिलहरू भने मुद्दा पछाडि धकेल्ने प्रयासमा छन् । सकेसम्म विश्वकप पछाडिसम्म धकेल्न पाएको खण्डमा परिस्थिति फेरबदल हुनेर आफूहरूको पक्षमा फैसला आउने आशा उनीहरूलाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह