१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुरक्षा बलसँगको भिडन्तमा छत्तीसगढमा आठ माओवादीको मृत्यु

११ जेष्ठ २०८१, शुक्रबार ०९:०४

जेठ ११,  काठमाडौँ ।  माओवादी प्रभावित छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ सन्दिग्ध माओवादी मारेको दाबी गरेको छ । अन्य माओवादीहरूको खोजी कार्य जारी रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

‘बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेसन सुरु गरेका थिए । अपरेसन बिहीबार बिहान करिब ११ बजे सुरु भएको थियो’ एक उच्च प्रहरी अधिकारीले बीबीसीलाई भनेका छन् ।

बिहीबार दिनभर भिडन्त हुँदा दुवै पक्षबाट गोली हानाहान भएको थियो । यस क्रममा प्रहरीले घटनास्थलबाट शङ्कास्पद सात माओवादीको शव र एउटा अटोमेटिक राइफल बरामद गरेको थियो ।

शुक्रवार बिहान सुरक्षाकर्मीले अर्का एक सन्दिग्ध माओवादीको शव फेला पारेका थिए । प्रहरीका अनुसार सैनिकहरू भिडन्त भएको ठाउँबाट अझै फर्किएका छैनन् । विगत केही महिनादेखि छत्तीसगढमा सन्दिग्ध माओवादीहरू विरुद्ध निरन्तर कारबाही भइरहेको छ ।

अप्रिल २ मा प्रहरीले गङ्गलुर क्षेत्रमा १३ माओवादी मारेको दाबी गरेको थियो । अप्रिल १६ मा काङ्केरको कालपरमा भएको भिडन्तमा २९ माओवादी मारिएको प्रहरीले जनाएको छ ।

नक्सल इतिहासमा छत्तीसगढमा एउटै भिडन्तमा यति ठुलो सङ्ख्यामा माओवादी मारिएको थिएन । प्रहरीले यसअघि अप्रिल ३० मा ताकामेटामा १० र मे १० मा पेडियामा १२ जना माओवादीहरूलाई मारेको दाबी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड