१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरोहियालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी

१५ जेष्ठ २०८१, मंगलवार ०८:०३

जेठ १५,  काठमाडौँ । नागरिकता कसुरमा सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । 

हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरिएको जनकपुरधामस्थित काब्या अस्पतालका एक चिकित्सकले बताए । 

प्रहरी हिरासतमै रहँदा उच्चरक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनी अहिले जनकपुरधामस्थित काब्या अस्पतालमा रहेका छन् ।

चिकित्सकले पनि काठमाडौं लैजान भनेपछि अहिले जिल्ला प्रहरी कार्यालयमा आवश्यक कानुनी परामर्शका लागि छलफल भइरहेको छ ।

प्रहरीले सरकारी वकिलसँग पनि परामर्श गरेपछि सिरोहियालाई काठमाडौं पठाउने निर्णय हुने छ । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरिएको छ ।

सोमबार तेस्रो पटक म्याद थपका क्रममा पनि धनुषा जिल्ला अदालतले आवश्यक परेमा उपचारका लागि डाक्टरकहाँ लैजान आदेश दिएको थियो । अदालतले सिरोहियालाई उपचारका लागि अन्यत्र लैजान मिल्नेगरी आदेश दिएसँगै मंगलबार नै काठमाडौं लैजाने तयारी भएको हो ।

अदालतले मंगलबारको आदेशमा स्वास्थ्य उपचार गर्न पाउने कुरा रोक्न नहुने जनाउँदै सुविधायुक्त ठाउँमा लैजाने गरी बाटो खोलिदिएको थियो ।

त्यहीअनुसार काब्या अस्पतालका चिकित्सकले पनि सिरोहियालाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेका हुन्  ।

सोमबार म्याद थपका लागि प्रहरीले उनलाई काब्या अस्पतालबाट एम्बुलेन्सबाटै जिल्ला अदालत धनुषामा उपस्थित गराएको थियो । 

अदालतले सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गरिसकेको छ । यसअघि पनि अदालतले सिरोहियालाई पहिलो र दोस्रो पटक तीन–तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

गत मंगलबार उनलाई कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ गरी स्थलमार्गबाट धनुषा लगिएको थियो । त्यसपछि उनी धनुषा प्रहरीको हिरासत हुँदै काब्या अस्पतालमा भर्ना भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष