१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौरस्थित हार्डवेयरमा आगलागी, लाखौंको सामान जलेर नष्ट

२६ जेष्ठ २०८१, शनिबार १२:१४

जेठ २६, रौतहट । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागि बाट लाखौंको सामान जलेर नष्ट भएको छ ।

गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५ लाख भन्दा बढीको सामान जलेर नस्ट भएको हो । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागि बाट लाखौंको सामान जलेर नष्ट भएको छ।

गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५ लाख भन्दा बढीको सामान जलेर नस्ट भएको हो ।

महतो हार्डवेयर गोदाममा शुक्रवार राती पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रङ्ग ,पेन्ट बनाउने मेसिन २ थान , ल्यापटेप -२ थान,मोटर -१६ थान ,सिपिभिसी फिटिङ्ग ,पिभिसी फिटिङ्ग, पल्मबिङ्गका सामाग्री ,सयौ थान रंग पेन्टका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ। हार्डवेयरको उक्त गोदाम संगै अर्को गोदाम , हार्डवेयर पसल र रामबाबू मोटरसाइकल वर्क सपमा समेत आंशिक क्षती पुगेको छ।

हार्डवेयर गोदाम पसलमा भएको आगलागि बाट ५० लाख बढीको क्षति भएको महतो हार्डवेयर सञ्चालक बिरेन्द्र कुशवाहाले बताएका छन् । आगोको मुस्लो हेरेर स्थानीयले हो-हल्ला गर्दा  गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण भएको थियो।

बिद्युत सर्टसर्किट भएर आगलागि भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले आगलागीबाट १५ लाख भन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन