असार ३, काठमाडौँ । पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनका कारण राजधानीमा पेट्रोलको अभाव देखिएको छ ।

आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेर पेट्रोल पम्प बन्द गरेपछि सरकारी पम्पमा पेट्रोल भर्नेको भीड देखिएको छ ।

नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो । चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन ।

ट्यांकर चालकको संघले विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टी बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने कार्यक्रम सार्बजनिक गरेको छ ।

June 17, 2024
समाज
काठमाडौँमा निजी पेट्रोल पम्प बन्द, सरकारीमा भीड
By साझासवाल
2 मिनेट पढाइ