<p><b>असार ३, काठमाडौँ । </b>प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब ६ केजी सुन र ४८ लाख रुपैयाँ नगदसहित तिब्बतीयन मुलका नेपाली नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङलाई पक्राउ गरेको छ ।<br></p><p>३२ वर्षीय गुरुङ काठमाडौंको बौद्धस्थित तीनचुलीबाट आइतबार राति पक्राउ परेका हुन् । ब्रेक सुमार्फत भएको ६० केजी सुन तस्करीको अनुसन्धान गर्नेक्रममा गुरुङ पक्राउ परेको सीआईबीले जनाएको छ ।</p><p>सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार गुरुङको घरबाट उक्त नगद बरामद गरिएको हो ।</p>
June 17, 2024
समाज
६० केजी सुन तस्करीको अनुसन्धान गर्ने क्रममा गुरुङ पक्राउ
By साझासवाल
2 मिनेट पढाइ










