असार ३, काठमाडौँ । खराब मौसमका कारणले गर्दा मुक्तिनाथदेखि काठमाडौंका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर म्याग्दीको बेनीमा आकस्मिक अवतरण गरिएको छ ।

एन एएलटि कलसाइनको हेलिकप्टर भारतीय ६ जना धार्मिक पर्यटक लिएर काठमाडौंदेखि चार्टर्ड उडानमा मुक्तिनाथ पुगेर फर्कने समयमा मौसम खराब भएकोले बेनीमा इमर्जेन्सी ल्याण्ड गरिएको हेलिकप्टरका चालक बिमल सापकोटाले बताउनुभयो ।

छ जना पर्यटक लिएर मुक्तिनाथ दर्शनको लागि पुगेको र फर्कदा पुनहिल तर्फबाट जान नसकेको हुदा कालिगण्डकीको मार्गहुदै आएको र २ किमि भन्दा पनि कम भिजिबिलिटि भएकोले बेनी ल्याण्ड गरेको सापकोटाले बताउनुभयो । मौसम सुधार भएको खण्डमा जाने नत्र भने बेनीमै बास बस्ने उहाँले बताउनुभयो ।

June 17, 2024
समाज
सिम्रिक एयरको हेलिकप्टर बेनीमा आकस्मिक अवतरण
By साझासवाल
2 मिनेट पढाइ