१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरले दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ गरेपछि…

१३ असार २०८१, बिहीबार ०८:११

असार १३, काठमाडौँ । चोरी गर्ने उद्देश्यले राति अर्काको घरभित्र छिरेको चोरले सोही घरको एक दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ घटना सार्बजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सरकारी जागिर खाने इच्छा राखेका तर धेरै प्रयास गर्दा पनि लोकसेवा परीक्षा पास गर्न नसकेका २८ वर्षीय विनयकुमार साहुले चोरी गर्न गएको घरको दम्पतीको अन्तरङ्ग भिडियो बनाई १० लाख फिरौतीको मागेको छत्तीसगढ प्रहरीले जनाएको छ।


दुर्ग निवासी विनयकुमार साहु सरकारी जागिर खान चाहन्थे । तर यसका लागि दिएको परीक्षामा उनी सफल हुन सकेनन् ।

त्यसपछि उनी सानोतिनो चोरीमा संलग्न भए । तरकारी बजारतिर डुल्दै उनी ग्राहकको मोबाइल चोरी गर्न थाले । त्यसपछि उनी घरमा पसेर चोरी गर्न थाले । यही क्रममा उनी यसअघि दुई पटक चोरी गरिसकेको घरमा तेस्रो पटक पनि चोरीकै लागि प्रवेश गरे ।

यस क्रममा विनयकुमारले बेडरुममा पति–पत्नीले अन्तरङ्ग पल बिताइरहेको देखे । त्यसपछि उनी झ्यालमा छलिएर सो दृश्यलाई भिडियोमा कैद गर्न थाले ।

भिडियो खिचिसकेपछि बिहान उनले सोही घरका मालिकलाई ह्वाट्सएपमा अन्तरङ्ग भिडियो पठाएर ब्ल्याकमेलिङ गर्न थाले । उनले १० लाख रुपैयाँ नदिए उक्त भिडियो भाइरल गरिदिने धम्की दिए ।

त्यसपछि सो दम्पतीले प्रहरीमा उजुरी गरे । प्रहरीले विशेष टोली परिचालन गरी आरोपितको खोजी सुरु ग¥यो । अन्ततः विनयकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो ।

प्रहरीले उनको साथबाट चोरीका तीन वटा मोबाइलसमेत बरामद गरेको छ । प्रहरीले उनको मोबाइलमा खिचिएको अन्तरङ्ग भिडियोसमेत डिलिट गरिदिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल