२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बुद्ध एयरको जहाजभित्र सिकिस्त बिरामी भएका बालकको मृत्यु

२०८१, २३ श्रावण बुधबार १०:५१

साउन २३, विराटनगर | विमानस्थलबाट यात्रु लिएर काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजभित्रै सिकिस्त भएका नाबालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडाका ताराकिरण राईका ५ वर्षीय छोरा संयोगहाङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यूफोर ७१० कल साइन भएको जहाज विराटनगरबाट ५७ जना यात्रु लिएर बुधबार दिउँसो १२: २४ बजेतिर काठमाडौंका लागि उडेको थियो । जहाज उडिरहेका बेला नाबालकलाई अचानक श्वासप्रश्वासमा समस्या भएपछि फर्काएर विराटनगर नै ल्याइएको बुद्ध एयर विराटनगरका स्टेशन मेनेजर कौशल भण्डारीले बताए । फर्काइएको जहाज १२:५९ बजेतिर विराटनगरमा ल्याण्ड गरेको थियो । ‘श्वासप्रश्वासमा समस्या भएर बच्चा सिकिस्त भएपछि बीचैबाट जहाजलाई फर्काएर विराटनगर ल्याण्ड गराइयो । तत्काल एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल पठाइयो,’उनले भने, ‘जहाजबाट निकाल्दा बच्चाको अवस्था सामान्य थियो । श्वासप्रश्वास चलिरहेको थियो ।’

बच्चालाई आकस्मिक समस्या परेपछि यात्रुसहित जहाज विराटनगर नै फर्काउनु परेको भण्डारीको भनाइ छ । उनका अनुसार जहाजमा चढ्ने बेलामा पनि बच्चाको अवस्था सामान्य नै थियो । जहाजले उचाइ लिने क्रममा अक्सिजनको कमी भएर बच्चालाई श्वासप्रश्वासमा समस्या भएको हुनसक्ने भण्डारीले बताए । उनले जहाजलाई कहाँबाट फर्काइयो भन्ने यकिन नभएको बताए । बच्चालाई बाहिर निकालिसकेपछि भने जहाज यात्रु लिएर काठमाडौं गएको जानकारी भण्डारीले दिए । 

नाबालकलाई जहाजबाट बाहिर निकालेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ दिउँसो १:३५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । अस्पतालका बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीका अनुसार नाबालकलाई उपचारका लागि मंगलबार राति नै भर्ना गरिएको थियो । 

‘बच्चाको पेट दुख्यो भनेर अभिभावकले लिएर आउनु भएको थियो । भर्ना गरेर उपचार सुरु गरियो । एक्स–रे गरेर हेर्दा सानो आन्द्रामा अवरोध देखियो । आन्द्राको ‘ब्लक’ खुलाउन तत्काल शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो । अस्पताल ल्याउँदा नै बच्चाको अवस्था गम्भीर थियो,’डा. अधिकारीले भने । तर, शल्यक्रिया गर्न नमानेर अभिभावकले थप उपचारका लागि काठमाडौं लिएर गएको उनको भनाइ छ । 

‘यस्तो सिकिस्त अवस्थाको बच्चालाई थप गाह्रो हुने भएकाले तत्काल अप्रेशन गर्नुपर्छ भनेर सल्लाह दिएका थियौं । तर,अभिभावकले काठमाडौं लैजान्छौं भन्नुभयो,’ उनले भने, ‘अभिभावककै आग्रहमा हामीले कागज गरेर बच्चालाई अस्पतालबाट बिदा दियौं । हाम्रो सल्लाह उहाँहरूले मान्नु भएन ।’

अवस्था गम्भीर रहेकाले बच्चा तलमाथि हुनसक्छ भनेर भन्दा पनि अभिभावकले आफ्नै ‘रिक्स’मा लिएर गएको डा. अधिकारीको भनाइ छ ।  ‘अस्पतालले बिदा दिएको करिब ३ घण्टापछि बच्चालाई गाह्रो भयो भनेर पुनः ल्याउनु भयो । अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको थियो,’डा. अधिकारीले भने, ‘मृत्यु भएको करिब ४५ मिनेटजति भइसकेको थियो होला । चिकित्सकको सल्लाहविपरीत बच्चा लिएर जाँदा दुःखद् घटना भइदियो ।’ 

बुद्ध एयरले नाबालकलाई सामान्य अवस्थामै अस्पताल पठाइएको दाबी गरेको छ । तर,अस्पतालले भने जहाजभित्रै मृत्यु भइसकेको हुनसक्ने अनुमान गरेको छ । उपचारका लागि ल्याइपुर्‍याउँदा बच्चाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । डा.अधिकारीका अनुसार अस्पताल ल्याउनुभन्दा करिब ४५ मिनेटअघि नै मृत्यु भएको अनुमान छ । अस्पताल र विमानस्थलबीचको दुरी करिब ३ किलोमिटर छ । -अन्नपूर्णबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति