Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 10, 2024 समाज

झापामा डेंगी संक्रमणबाट शिक्षिकाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p><b>साउन २६, काठमाडौं ।</b> झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ।<br></p><p>हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा निधन भएको हो।</p><p>महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो।</p>