पढ्न करिब 1 मिनेट लाग्छ

साउन २८, काठमाडौँ । नेपाली कांग्रेका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

नेता महरले प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । उनले अध्यक्ष प्रचण्डसँग पछिल्ला समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।

यसअघि नेता महरले एमालेका महासचिव शंकर पोखरेलसँग पनि भेटवार्ता गरेका थिए ।

एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव पोखरेलसँग समसामयिक राजनीतिका विषयमा कुराकानी गरेको बताएका थिए ।