कात्तिक २६, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।&"/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैद्य माओवादीले ‘देशव्यापी विरोध प्रदर्शन’ गर्ने

२६ कार्तिक २०७३, शुक्रबार ०९:२४

कात्तिक २६, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । 

माओवादीको कात्तिक २४ र २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न घटकमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिन आवश्यक पहल गर्ने निर्णय गरेको अध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

माओवादीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलका मान्यता तथा मापदण्डविरुद्ध कतिपय गम्भीर प्रकृतिका गतिविधि हुँदै आएकामा आफ्नो पार्टीको विशेष ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ–“एक अर्को मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र आन्तरिक मामिलामा हस्तक्षेपको मान्यता र एक चीन नीतिप्रति पार्टी दृढ रहेको कुरा पुनःसार्वजनिक गरिएको छ । ” 

माओवादीले सङ्घीय जनगणतान्त्रिक संविधान निर्माणका लागि जनआन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित गर्ने र उक्त विषयसित सहमत हुने राजनीतिक शक्तिसित कार्यगत एकता गरी अगाडि बढ्ने निर्णय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने