Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारु व्यवस्थापनका लागि पहल गर्न सरकारलाई निर्देशन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २, काठमाडौँ । व्यवस्थापिका–संसद्को अर्थसमितिले नेपालीसँग रहेका ५०० र एक हजार दरका भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको अर्थसमितिको बैठकले नेपाली जनतासँग रहेका वैध भारुको व्यवस्थापनका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताउनुभयो ।

बैठकमा सहभागी सांसदले सीमा क्षेत्रका जनताको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले अर्थमन्त्रालय र राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा विचार व्यक्त गर्नु भयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नेपाली जनतासँग भएका उक्त दरका भारु व्यवस्थापनका लागि भारतीय रिजर्ब बैंकसँग निरन्तर सम्पर्कमा रहेको भन्दै चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । रासस