माघ २२, काठमाडौँ । निर्वाचन मिति घोषणाविनै सरकारले निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन हुनेमा आशंका गरेको छ । मधेसी द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौँ । निर्वाचन मिति घोषणाविनै सरकारले निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन हुनेमा आशंका गरेको छ । मधेसी द"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको नियतले गम्भीर आशंका: एमाले

२०७३, २२ माघ शनिबार ०२:३६

माघ २२, काठमाडौँ । निर्वाचन मिति घोषणाविनै सरकारले निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन हुनेमा आशंका गरेको छ । मधेसी दलहरूलाई मनाउने नाममा मिति घोषणामा आलटाल भइरहेको आशंका एमालेको छ । 

‘प्रधानमन्त्रीले मोर्चालाई मनाउन सरकार बनेको दिनदेखि नै कोसिस गरिराख्नुभा’को छ, तर उनीहरू प्रदेशको निर्वाचन नगरी स्थानीय तहको निर्वाचन गर्न नसकिने बताइराखेका छन्, अब उहाँले कहिलेसम्म कोसिस मात्रै गरिराख्ने

हो ?’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘प्रधानमन्त्रीको यस्तो कार्यशैलीले वैशाख–जेठमा निर्वाचन हुन्छ कि हुन्न भन्ने झन् गम्भीर आशंका र अन्योल उत्पन्न गराएको छ ।’

प्रधानमन्त्रीले एक–दुई दिनभित्रै मिति घोषणा नगरे निर्वाचन हुन नसक्ने नेम्वाङले बताए । ‘निर्वाचन आयोगले जुनसुकै वेला चुनाव गराउन तयार रहेको बताइरहेको छ, प्रधानमन्त्री भने तयारी गर्दै गर्नु भनेर पत्र पठाउनुहुन्छ,’ उनले भने, ‘अर्कातिर स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन परिमार्जन गर्ने भन्दै समिति बनाउनुहुन्छ, मधेसी मोर्चालाई अझै मनाउने कुरा गर्नुहुन्छ । अब मनाउने चरण पार भइसक्यो, त्यसैले एक–दुई दिनमा घोषणा नभए चुनाव सम्भव छैन ।’

निर्वाचन मिति तत्काल घोषणा नभए सरकारले निर्वाचन नचाहेको भन्दै एमाले जनताबीच जाने नेम्वाङले बताए । उनले भने, ‘अब त धेरै ढिलो भइसक्यो, तुरुन्त मिति घोषणा गर्नुपर्छ ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा