फागुन १४, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १४, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । 

"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चाले निर्वाचन बिथोल्ने, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने

१४ फाल्गुन २०७३, शनिबार ०१:५६

फागुन १४, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । 

गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने तयारी गरेको छ । सरकारले ३१ वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ।

संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको गठबन्धनको बैठकले सरकारलाई बुझाएको २६ बुँदे माग कार्यान्वयन नगरी निर्वाचनको मिति घोषणा भएकाले निर्वाचन बिथोल्ने चेतावनी दिएको हो।

‘गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैंमा असंवैधानिक छ,’ गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको, ‘वर्तमान सरकार आफैंले संसद्मा दर्ता गरेको संशोधन विधेयक परिमार्जनसहित पारित नगरी २०७४ वैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरिएकाले स्थानीय तहको निर्वाचन हामीलाई मान्य छैन, त्यसकारण यसका विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरियो।’

मधेसी मोर्चाले भने यसअघि नै निर्वाचनको विरोधमा आन्दोलन सुरु गरिसकेको छ। संविधान संशोधन परिमार्जनसहित पारित गरेर निर्वाचन गर्नुपर्ने माग मधेसी मोर्चासहितको गठबन्धनले गर्दै आएको छ।

तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माग सम्बोधन नगरी हुन लागेको निर्वाचन मधेसी मोर्चासहितको गठबन्धनलाई कुनै हालतमा स्वीकार हुनै नसक्ने बताए। ‘निर्वाचन बिथोल्न के–के गर्नुपर्छ आन्दोलनमार्फत त्यो सबै गर्न हामी तयार छौं,’ यादवले राजधानीसँग भने। गठबन्धनको बैठकले अगामी आन्दोलन सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए।

बैठकले आन्दोलनको खाका बनाउन फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ। सो कार्यदलले एक हप्ताभित्र आन्दोलनका भावी कार्यक्रम तय गरी गठबन्धनको बैठकमा पेस गर्नेछ। कार्यदलमा गठबन्धनका नेताहरू वृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती रहेका छन्।

कार्यदललाई भावी आन्दोलनलाई समर्थन र सहयोग गर्ने राजनीतिक दल, नागरिक समाज, विभिन्न सामाजिक संघ÷संस्थासँग छलफल तथा समन्वय गरी उनीहरूलाई आन्दोलनमा समर्थन एवं सहभागी गराउने जिम्मेवारी दिइएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए।

सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा मधेसी मोर्चासहित गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरी अर्को बैठकमा निर्णय गरिने गठबन्धनले जनाएको छ। अहिले सरकारलाई दिएको समर्थन फिर्ता नलिई मधेसी मोर्चाले आन्दोलन गरिरहेको छ। अबको आन्दोलनमा डा. बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टीलाई समेत सहभागी गराउने तयारी भइरहेको नेताहरूले बताएका छन्। यस विषयमा शुक्रबारको बैठकमा पनि कुरा उठेको थियो।  -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल