फागुन २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे । "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिले मन्दिर उद्घाटन गर्नेवित्तिकै पूर्वराजाले गरे पूजा

२०७३, २५ फाल्गुन बुधबार ०२:०४


फागुन २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे । एउटै कार्यक्रममा फरकफरक समयमा उपस्थित भएर उनीहरूले आ–आफ्नो भूमिका पूरा गरे

नवलपरासीको देवचुली नगरपालिका– २ दुम्कौलीस्थित चौधरी उद्योग परिसरमा निर्माण गरिएको धाम उद्घाटन गर्न राष्ट्रपति भण्डारी बिहान १० बजे पुग्ने कार्यक्रम थियो । तर, उनको हेलिकोप्टर निर्धारित समयभन्दा करिब एक घन्टापछि मात्र अवतरण गर्यो‍ ।

धाम उद्घाटन गरेर शान्त शैलीमा राष्ट्रपति बाहिरिएलगत्तै जयजयकारका साथ पूर्वराजा प्रवेश गरे । हिन्दू धर्म र राजतन्त्रका समर्थकले कार्यक्रमस्थल वरपर ज्ञानेन्द्रको स्वागतमा तुल–ब्यानर पनि टाँसेका थिए । ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समर्थकहरूले उनलाई मञ्चसम्म पुर्या‍एका थिए । पूर्वराजाका लागि शाश्वत धाममा पूजा गर्ने भूमिका छुट्याइएको थियो जो उनले पूरा गरे । उनलाई बिदाइ गर्दा पनि नारा लगाउने र सेल्फी खिच्नेको प्रतिस्पर्धा थियो । 

पूजा गरेपछि कार्यक्रमस्थलबाट केहीबेर बाहिरिएका पूर्वराजा धर्मसभाका रूपमा आयोजित दोस्रो सभामा प्रमुख अतिथि थिए । पहिलो कार्यक्रममा राष्ट्रपति बसेकै सिटमा दोस्रो सभामा पूर्वराजा ज्ञानेन्द्र बसे । अरू अतिथिले बोलेपछि प्रमुख अतिथि बोल्छन् कि भनेर धेरैले अनुमान गरेका थिए ।

तर, त्यसबीचमा केही मिनेट ज्ञानेन्द्रले आयोजक उद्यमी विनोद चौधरीसँग संवाद गरे । तर, कार्यक्रमलाई उनले सम्बोधन गरेनन् । राष्ट्रपति भण्डारीले भने ऋषिमुनिले तपस्या गरेको देशमा धर्मसंस्कृतिलाई बचाउनुपर्ने बताइन् । सो कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा र भूमिसुधारमन्त्री विक्रम पाण्डेले पनि सम्बोधन गरेका थिए ।

आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक श्री श्री रवि शंकरले नेपाल सुन्दर भूमि रहेको र नेपालीहरू पनि शान्तिप्रेमी रहेको भन्दै सनातन धर्मलाई अगाडि बढाउन आग्रह गरे । -नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप