फागुन ३०, काठमाडौँ। स्थानीय निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ ।  निर्वाचन आउन करिब दुई महिनामात्र बाँकी रहँदा माओवादीले उम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३०, काठमाडौँ। स्थानीय निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ ।  निर्वाचन आउन करिब दुई महिनामात्र बाँकी रहँदा माओवादीले उम्"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन कार्यविधि बनाउँदै माओवादी केन्द्र

३० फाल्गुन २०७३, सोमबार ०१:२५

फागुन ३०, काठमाडौँ। स्थानीय निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ ।  निर्वाचन आउन करिब दुई महिनामात्र बाँकी रहँदा माओवादीले उम्मेदवार छनोट र घोषणापत्र निर्माण केही दिनभित्रै सक्ने बताइएको छ ।

माओवादीले देव गुरुङको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ ।  समितिमा सातवटै प्रदेशका इन्चार्ज तथा पार्टी केन्द्रीय कार्यालयका प्रभावशाली नेता छन् । प्रवक्ता पम्फा भुसालले सोमबार निर्वाचन परिचालन समितिको बैठक बस्ने जानकारी दिइन् ।

तत्कालीन संविधान सभाको निर्वाचनमा अनपेक्षित हार बेहोरेको माओवादीले यसपटक निश्चित मापदण्ड बनाएर मात्र उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

स्रोतका अनुसार यसपटक उम्मेदवार छनोटको सम्पूर्ण अधिकार स्थानीय समितिलाई दिने मापदण्ड तयार गरिरएको छ ।  स्थानीय पार्टी कमिटीले निश्चित सङ्ख्यामा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने र केन्द्रले सिफारिस भएका मध्येबाट अन्तिम उम्मेदवार टुङ्गो लगाउने गरी कार्यविधि बनाउने तयारी भइरहेको बताएको छ ।

संयोजक देव गुरुङले पनि तल्लो तहबाट आउने सिफारिसलाई प्रमुख आधार मानेर उम्मेदवार तय गर्नेगरी कार्यविधि तयार भइरहेको जानकारी दिए ।

निर्वाचन हुन ६० दिनमात्र बाँकी रहे पनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवार तोकिसकेका छैनन् ।  माओवादी केन्द्रको भने झापाको दमक नगरपालिका लगायतका केही स्थानमा स्थानीय पार्टी आफैँले उम्मेदवार तय घोषणा गरेर प्रचार नै थालिसकेको छ ।  दमकको समितिले चार दिनअघि पार्टी केन्द्रले मापदण्ड नै बनाउनुभन्दा अघि नै औपचारिक कार्यक्रम गरेर उम्मेदवार घोषणा गरेको थियो । -गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता