चैत १६, काठमाडौं । मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन् । 

ललितपुरको एक कलेजका १९ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १६, काठमाडौं । मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन् । 

ललितपुरको एक कलेजका १९ "/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिकल जाँचका नाममा यौन दुब्र्यबहार गर्ने प्रहरी नियन्त्रणमा

१६ चैत्र २०७३, बुधबार ०२:०६

चैत १६, काठमाडौं । मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन् । 

ललितपुरको एक कलेजका १९ जना छात्रा चिनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए । २८ बर्षीय चिकित्सक भट्टले मेडिकल जाँच गर्नेक्रममा आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप विधार्थीको छ ।  

घटना गत आइतबारको भएपनि काठमाडौं प्रहरी परिसरले भट्टलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको थियो । पीडितहरु सुरुमा गौशाला प्रहरी वृतमा पुगेपनि स्थित जटिल बनेपछि ‘उजुरी’ परिसरमा ल्याएर हेरिएको थियो । 

चिकित्सक भट्टले आफूले गल्ती नगरेको र माफी नमाग्ने बताएपछि पीडित पक्ष र उनीहरुको आफन्त आक्रोसित बनेका थिए । पीडित युवती र उनीहरुका आफन्त मंगलबार काठमाडौं प्रहरी परिसर पुगेर दोषीलाई हदैसम्मको कारबाही गनुपर्ने माग गरेका छन् ।

भट्ट दुई वर्षदेखि उक्त मेडिकल सेन्टरमा कार्यरत थिए । महिलाको जाँच गर्दा अन्य महिला स्टाफ नराखी भट्टले जाँच गर्दै आएका थिए । भट्टले भने चिकित्सा पेशामा महिला-पुरुष नहुने भन्दै चिकित्सकले विरामीलाई मात्र हेर्ने गरेको प्रहरी समक्ष बताएका थिए । -अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट