बैशाख १, काठमाडौं । उपत्यकामा आजदेखि ‘हर्न निषेधित क्षेत्र’ नियम लागू भएको छ । 

उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो निय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, काठमाडौं । उपत्यकामा आजदेखि ‘हर्न निषेधित क्षेत्र’ नियम लागू भएको छ । 

उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो निय"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा हर्न निषेध, यस्तो अवस्थामा हर्न बजाउन पाइने

१ बैशाख २०७४, शुक्रबार ०२:२०

बैशाख १, काठमाडौं । उपत्यकामा आजदेखि ‘हर्न निषेधित क्षेत्र’ नियम लागू भएको छ । 

उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो नियम लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका डिआइजी मिङमार लामाले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिएको जानकारी दिए । त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुईवटा अवस्थामा मात्र हर्न बजाउन पाइने

यो नियम लागू भएपछि दुईवटा अवस्थामा मात्र हर्न बजाउन पाइन्छ । एउटा घुमाउरो बाटो र अर्को दुर्घटना हुने जोखिम अवस्थामा मात्रै सवारीचालकलाई हर्न बजाउने नियममा छुट दिइएको छ । यसबाहेक हर्न बजाए प्रहरीले कारबाही गर्ने व्यवस्था छ । 

हर्न बजाएमा पहिलोचोटिका लागि पाँच सय, त्यसपछि क्रमशः एक हजार, १ हजार ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । सडकमा गुड्ने सम्पूर्ण सवारीसाधनका लागि यो नियम लागू गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

निजी, सार्वजनिक मात्र नभएर सरकारी र प्रहरी गाडीमा पनि यो नियम लागू हुनेछ । कुनै पनि सवारीचालकले यो नियम उल्लंघन गरे तोकिएको जरिवानाअनुसार कारबाही गरिने डिआइजी लामाले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ