पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख १३, काठमाडौँ | </b>व्यवस्थापिका संसदको बैठक आज अपरान्ह १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । <br></p><p>आजको बैठकमा सरकारले मङ्गलबार पेश गरेको संविधान संशोधनको विद्येयकबारे सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । मधेसमा एकता भएका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहितका तराईकेन्द्रीत दलहरुको माग सम्बोधन गर्न सरकारले पेश गरेको विद्येयकमाथि सैद्धान्तिक छलफल हुन लागेको हो । संशोधन विद्येयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएपछि सांसदहरुले संशोधनका लागि ७२ घण्टाको समय पाउनेछन् । त्यस समयमा सत्तापक्षका प्रमुख सचेतक मार्फत सरकारले तराई केन्द्रीत दलसँग गरेको सहमति अनुसार संशोधन प्रस्तावमा परिमार्जन राख्ने तयारी गरेको छ । </p><p>सरकार र मधेशकेन्द्रीत दलहरुबीच भएको सहमतिको बिरोध जनाउँदै एमालेसहितका प्रतिपक्षी दलहरुले भने आजको संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् । </p>

