Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब स्थानीय निर्वाचन के होला ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १८, काठमाडौं । महाभियोग प्रकरण सुरु हुनुअघि संसद भवनमा पत्रकारसग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव भएरै छाड्ने दाबी गरेका थिए ।

संसद बैठक वैशाख २१ सम्मका लागि अकस्मात् स्थगित हुदै गर्दा पनि उनमा चुनाव हुनेबारे उत्तिकै विश्वास थियो । दिउसोको प्रधानन्यायाधीलाई महाभियोग र गृहमन्त्री निधिको राजीनामापछि फेरि सर्वसाधारणमा चुनावबारे अन्यौल छायो ।

प्रचण्ड निकट माओवादी केन्द्र नेता वर्षमान पुनले जेठ ३१ को दोस्रो चुनावबारे पछि छलफल गर्न सकिने, तर वैशाख ३१ को चुनाव कुनै हालतमा नसर्ने दाबी गरे । पुनले भने, ‘निर्धारित समयमा उम्मेदवार मनोनयनलगायत सबै प्रक्रिया अघि बढ्छ, वैशाख ३१ मा चुनाव हुनेबारे कुनै द्विविधा नराखे हुन्छ ।’ सरकार पछिल्लो राजनीतिक घटनाक्रमबीच पनि चुनावको बाटोबाट विचलित नहुने उनले दाबी गरे । प्रमुृख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पनि वैशाख ३१ गते नै चुनाव हुने दाबी गरे ।

आयोगले गरेको निर्वाचन अनुगमन अभिमुखीकरणसम्बन्धी कार्यशालामा बोल्दै उनले त्यस्तो दाबी गरेका हुन् । मधेसी दलहरु भने अब संविधान संशोधन र स्थानीय चुनाव अब के होला भनेर अन्यौलमा देखिएका छन् ।

राजपा नेता राजकिशोर यादवले यस्तो अवस्थामा सत्ता घटकबीच दूरी बढ्न थालेकाले अब संशोधन विधेयक र चुनावबारे संशय पलाएको बताए । राजपा अध्यक्ष मण्डलको बैठक बिजुलीबजार मूख्यालयमा आइतबार एकै छिन बसेको थियो । -कान्तिपुर दैनिक