४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब स्थानीय निर्वाचन के होला ?

१८ बैशाख २०७४, सोमबार ०१:४१

बैशाख १८, काठमाडौं । महाभियोग प्रकरण सुरु हुनुअघि संसद भवनमा पत्रकारसग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव भएरै छाड्ने दाबी गरेका थिए । 

संसद बैठक वैशाख २१ सम्मका लागि अकस्मात् स्थगित हुदै गर्दा पनि उनमा चुनाव हुनेबारे उत्तिकै विश्वास थियो । दिउसोको प्रधानन्यायाधीलाई महाभियोग र गृहमन्त्री निधिको राजीनामापछि फेरि सर्वसाधारणमा चुनावबारे अन्यौल छायो ।

प्रचण्ड निकट माओवादी केन्द्र नेता वर्षमान पुनले जेठ ३१ को दोस्रो चुनावबारे पछि छलफल गर्न सकिने, तर वैशाख ३१ को चुनाव कुनै हालतमा नसर्ने दाबी गरे । पुनले भने, ‘निर्धारित समयमा उम्मेदवार मनोनयनलगायत सबै प्रक्रिया अघि बढ्छ, वैशाख ३१ मा चुनाव हुनेबारे कुनै द्विविधा नराखे हुन्छ ।’ सरकार पछिल्लो राजनीतिक घटनाक्रमबीच पनि चुनावको बाटोबाट विचलित नहुने उनले दाबी गरे । प्रमुृख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पनि वैशाख ३१ गते नै चुनाव हुने दाबी गरे ।

आयोगले गरेको निर्वाचन अनुगमन अभिमुखीकरणसम्बन्धी कार्यशालामा बोल्दै उनले त्यस्तो दाबी गरेका हुन् । मधेसी दलहरु भने अब संविधान संशोधन र स्थानीय चुनाव अब के होला भनेर अन्यौलमा देखिएका छन् । 

राजपा नेता राजकिशोर यादवले यस्तो अवस्थामा सत्ता घटकबीच दूरी बढ्न थालेकाले अब संशोधन विधेयक र चुनावबारे संशय पलाएको बताए । राजपा अध्यक्ष मण्डलको बैठक बिजुलीबजार मूख्यालयमा आइतबार एकै छिन बसेको थियो । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित