४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित

२३ बैशाख २०७४, शनिबार ०३:२२

बैशाख २३, काठमाडौं । रुकुमका चार वडामा तीन जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

भने, एक जना महिला सदस्यकी उम्मेदवार पनि निर्विरोध चयन भइन् । बाँफिकोट गाउँपालिका ७ का नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवारी दिएकी पवित्रा कामी, आठविसकोट नगरपालिका ३ मा उम्मेदवारी दिएकी रुपा बिक र त्रिवेणी गाउँपालिका ९ मा उम्मेदवारी दिएकी सीता दमाई निर्विरोध निर्वाचित भएकी हुन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिका १ को महिला सदस्यको लागि उम्मेदवारी दिएकी तुली गिरी महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् । ३ जनाको उम्मेदवारी रद्ध भएको र १ जनाले उम्मेदवारी फिर्ता लिएपछि ४ जना महिला चुनावमा विना प्रतिस्पर्धा निर्वाचित भएका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का लागि उम्मेदवारी दिएकी कांग्रेसकी दलित महिला सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् भने बाँफिकोट १ को महिला सदस्यका लागि माओवादी केन्द्रकी उम्मेदवार र वडा नम्बर ७ को लागि कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको उम्मेदवारी रद्ध भएको थियो । त्यस्तै, आठविसकोट नगरपालिका ३ का लागि कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको पनि उम्मेदवारी रद्ध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी खारेज तथा फिर्ता भएपछि उक्त पदका लागि १ जनाको मात्र उम्मेदवारी परेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिए । उनीहरु निर्वाचित भएको सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले आज औपचारिक घोषणा गरेको हो । उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने चुनाव पछि अन्य विजयी सँगै प्रदान गरिने पनि शर्माले जानकार िदिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ