४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को–को कहाँ–कहाँ भए निर्विरोध निर्वाचित (सूचीसहित)

२६ बैशाख २०७४, मंगलवार ०२:२६


बैशाख २६, काठमाडौं । पहिलो चरणको स्थानिय तहको निर्वाचन हुन छ दिन बाँकी हुँदा देशका विभिन्न ठाउँमा वडा अध्यक्ष सहित तीन सय १६ पदमा र्निविरोध निर्वाचित भएका छन् । 

मनाङ नारफु गाउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मिङमार छिरिङ लामा विजयी हुनु भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार गाउँपालिका प्रमुखमा दुई र गाउँपालिका उपप्रमुखमा दुई, वडा अध्यक्षमा दुई महिला सहित ५४ सदस्य, खुल्ला तर्फ महिला पाँचसहित एक सय १६ स्थानमा विजयी भएका छन् । महिला सदस्य पदमा ६३ स्थानमा विजयी भएका छन् । त्यस्तै दलित महिला सदस्य ७७ स्थानमा विजयी बनेका छन् ।

जसमा नेपाली कांग्रेसबाट ९४ स्थानमा, एमालेले एक सय ४२ स्थानमा, माओवादी केन्द्रले ३६ स्थानमा, नेमकिपा दुई, राप्रपा पाँच, नयाँ शक्ति एक, स्वतन्त्र ३२, परिवार दल एक र खुल्न नसकेको तीन स्थानमा छन् । वडा अध्यक्षमा २० स्थानमा विजयी भएको छ । त्यस्त वडा अध्यक्षमै स्वतन्त्रबाट छ, एमाले र माओवादी केन्द्रले दुईरदुई स्थानमा विजयी भएका हुन् ।

वडा अध्यक्ष हात पार्ने भाग्यमानीहरू

वडा अध्यक्षमा विजयी हुनेमा स्वतन्त्र उम्मेदवारका तर्फबाट मनाङ नेस्याङ ३ कृष्ण लामा, मनाङ नेस्याङ रिन्जेन दोर्जे गुरूङ, मनाङ नारफु ४ छिरिङ डेन्डो घले, मनाङ नारफु ५ बाट सोनाम तेजे लामा, मनाङ चामे १ बाट आशिप गुरूङ, मनाङ चामे २ बाट भीम बहादुर गुरूङ छन् ।

त्यस्तै मनाङ नारफुबाट १ नेपाली कांग्रेसबाट रितार छिपेल लामा, नारफु ३ बाट नेपाली कांग्रेसका साङगी धावा लामा विजयी हुनु भएको छ । नेपाली कांग्रेस पार्टीबाट मनाङ नाशोङ ६ मा ङिमा ओङग्याल पुनेल, मनाङ नाशंङ ७ धन बहादुर गुरूङ, मनाङ नाशोङ ८ छुपजंग गुरूङ विजयी बन्नु भएको छ ।

मुस्ताङको दालोमे गाउँपालिकाका वडाहरूमा नेकपा एमालेबाट धुन्तु ठकुरी र नेपाली कांग्रेसबाट सिम्तेन दवा गुरूङ विजयी हुनु भएको छ। मुस्ताकै दालोमे गाउँपालिकामा नेपाली कांङग्रेसका छेटुक गुरूङ, मुस्ताङको घरपझीङ गाउपालिकामा नेपाली कांग्रेस पार्टीबाटै याम प्रसाद थकाली र विरेन्द्र थकाली वडा अध्यक्ष पदमा विजयी हुनु भएको छ । त्यस्तै मुस्ताङ घरपझोङ गाउपालिकामा नेकपा एमालेका आइत प्रसाद थकाली, मेहन्द्र प्रसाद थकाली विजयी भएका छन् ।

म्यादी रगुगंगागा गाउपालिका ४ मा नेपाली कांग्रेसबाट रूक बहादुर गर्जुजा, गोरखा चुमनुब्री गाउपालिका १ बाट नेपाली कांग्रेसका बिर बहादुर लामा, गोखा चुमनुब्री गाउँपालिका २ बाट नेपाली कांग्रेसका पेम्पा रेटा निर्वाचित हुनु भएको छ। त्यस्तै चुमनुब्री गाउपालिका ५ बाट नेपाली कांग्रेसका सोनाम ध्याल्जेन गुरूङ र्निविरोध निर्वाचित भएका छन् ।

त्यस्तै गोखा चुमनुब्री गाउपालिका ५ मा नेपाली कांग्रेसबाट सोनाम ध्याल्जेन गुरूङ विजयी भएका छन् । बाग्लुङ जिल्लाको तमान खोला गाउपालिकामा नेपाली कांग्रेसका कुल बहादुर छन्त्याल र्निविरोध निर्वाचित भएका छन् ।

कालिकोट पताला गाउपालिका ४ मा नेकपा माओवादी केन्द्रबाट ऐन राज महतरा विजयी भएका छन् । त्यस्तै मुगुकै छायानाथ रारा नपा बडा नं ९ मा नेकपा माओवादी केन्द्रका मणिन्द्र रोकाया विजयी हुनु भएको छ । मुगु जिल्लाकै मुगुम कार्मारोग गाउँपालिकामा नेपाली कांग्रेसबाट कर्मा फन्जोक तामाङ विजयी भएका छन् । एक जना मात्रै उम्मेदवार रहेकाले उनी र्निविरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । -अन्नपुर्ण  पोष्ट  दैनिक 

यस्तो छ लिष्ट 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ