व्यवस्थापिका–संसद्को आजको बैठकमा सरका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

व्यवस्थापिका–संसद्को आजको बैठकमा सरका"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘उज्यालो नेपाल’ अभियान निरन्तर

११ जेष्ठ २०७४, बिहीबार १२:४८

जेठ ११, काठमाडौँ | सरकारले आगामी आवमा ‘उज्यालो नेपाल’ अभियानलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने घोषणा गरेको छ । 


व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनुभयो । अघिल्ला वर्षमा दैनिक जनजीवनका लागि समेत कष्टकर बनेको विद्युत्भार कटौतीको समस्या वर्तमान सरकारको गठनलगत्तै अन्त्य भएको छ भन्दै उहाँले आगामी आवमा समेत ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो । 

“गत वर्ष १२ घन्टा रहेको विद्युत्भार कटौती अन्त्यसँगै मुलुकको आर्थिक वृद्धिदर उल्लेख्य रुपमा भएको छ । आगामी आवमा समेत ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिइनेछ । राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइनेछ”, सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न सबै प्रकारका साधन तथा स्रोत परिचालन गर्ने लक्ष्य राखिएको नीति तथा कार्यक्रममा जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने बताइएको छ । 

यस्तै सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षमताका प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिइने, अन्तरदेशीय प्रसारण लाइनमा विशेष जोड दिइने र बिजुली नपुगेका स्थानमा विद्युत् सेवा उपलब्ध गराइने कार्यक्रम पनि समावेश गरिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सकेसम्म नेपालको आफ्नै साधन र स्रोतमा अगाडि बढाइने र सम्भव नभएका खण्डमा विभिन्न दातृ निकायको सहयोगमा अगाडि बढाइने लक्ष्य राखिएको छ । 

नियमित विद्युत् आपूर्तिपछि मुलुकको आर्थिक क्षेत्रले उल्लेख्य प्रगति हासिल गरेको र गत वर्ष एक प्रतिशतभन्दा तल रहेको आर्थिक वृद्धिदर ७.५ प्रतिशतमा पुगेको स्मरण गर्दै सरकारको नीति तथा कार्यक्रममा विद्युत् उपलब्धतालाई थप सहजीकरण गर्ने उल्लेख गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने