जेठ २८, काठमाडौं | विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, काठमाडौं | विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछ"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ महिनासम्म रिजल्ट नदिने त्रिविको नतिजा अब ९० दिनमै

२०७४, २८ जेष्ठ आईतवार ०३:२२

जेठ २८, काठमाडौं | विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ। तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११ महिनासम्म नतिजा आउन सकेको छैन। 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका नवनियुक्त परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहका नौवटा विषयमा ९० दिनभित्रै परीक्षाको नतिजा सार्वजनिक भएको छ। जनसंख्या, नेपाली, संस्कृति, राजनीतिशास्त्र, मैथिली, लैँगिक संकाय, समाजशास्त्र, मानवशास्त्र र शिक्षा संकाय विषयको नतिजा ९० दिनमै सार्वजनिक भएको हो।

यी विषयहरूको गत चैत महिनामा परीक्षा सञ्चालन भएको थियो। अहिले सबै विषयको नतिजा सार्वजनिक भइसकेको छ। केही समयअघि परीक्षा नियन्त्रकमा नियुक्त भएका जोशीले आठ विषयको नतिजा सार्वजनिक गरे पनि एउटा विषयको नतिजा उनी आउनुभन्दा पहिले नै आइसकेको थियो। उनले यसअघिको चार करोड रुपैयाँ समयमै काम गर्न नसक्दा पनिकालाई नआएको बताए। ‘यसपटक तोकिएको समयभित्रै नतिजा सार्वजनिक गरेर अनुदान रकम सुरक्षित गरेका छौं,’ जोशीले भने।

सबै कुरा ‘ट्रयाक’ मा आउँदैछ: नियन्त्रक जोशी

परीक्षा नियन्त्रक पुष्पराज जोशीले नयाँ परीक्षाहरू ट्रयाकमा आउन लागेको र पुरानोलाई समेत व्यवस्थित गर्दै लैजान लागेको बताए। पहिलेको सहयोग गुमेकाले अहिले त्यसको सदुपयोग गर्न केही विषय ९० दिनमा नतिजा निकालेको र छिट्टै सबै विषयको नतिजा निकाल्ने उनको भनाइ छ। पुराना परीक्षालाई पनि सँगसँगै काम गरेर अब चार महिनाभित्र सबै रिजल्ट गर्ने तयारीमा रहेको उनले बताए। विद्यार्थीको भर्ना, परीक्षा र नतिजाको क्यालेन्डर बनाएर त्यसलाई अनुशरण गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

सेमेस्टरको रिजल्ट ११ महिनासम्म भएन

त्रिविले सेमेस्टर प्रणालीमा सञ्चालन भएको बिएस्सी सिएसआइटी विषयको नतिजा ११ महिनासम्म आएको छैन। गुणस्तर सुधार गरी समयमै नतिजा सार्वजनिक गर्ने उद्देश्य राखेर सेमेस्टर प्रणालीको परीक्षा र नतिजा डिन कार्यालयबाट हुने गरे पनि वार्षिक प्रणालीभन्दा पनि ढिला भएको छ। त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयबाट ०७३ असारमा सञ्चालित बिएस्सी सिएसआइटीको पाFचौं सेमेस्टरको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन। विद्यार्थीहरू छैटौ सेमेस्टरको समेत परीक्षा दिएर सातौ सेमेस्टरमा अध्ययन गरिरहेका छन्। तर डिन कार्यालयले काम गर्न सकेको छैन।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा.रामप्रसाद खतिवडाले बिएस्सी सिएसआइटीको नतिजा ढिलाइ हुनुमा धेरै कारण रहेको बताए। सो विषयका क्याम्पस धेरै छरिएको र नम्बर आउन समय लागेको, जनशक्ति कम हुनुका साथै भूकम्पपछि अरु विषयको विभागमा बसेर काम गर्नुपरेकाले चुस्त गतिमा काम गर्न नसकेको बताए। ‘कमजोरी हाम्रै हो, अब त्यस्तो हुँदैन,’ डीन खतिवडाले भने, ‘परीक्षा भवन बनेको छ, अब काम छिटो हुन्छ।’

०७३ को नतिजा आयो, ०७२ को अनिश्चित

परीक्षा नियन्त्रण कार्यालयले ०७२ मा लिएको एमए दोस्रो वर्षको नतिजा प्रकाशित नगरी ०७३ को सार्वजनिक गरेको छ। परियोजनामा परेका विषयहरूको नतिजा छिटै आउने र परियोजनाबाहिरका विषयको नतिजा नआउँदा समस्या परेको विद्यार्थीको गुनासो छ। विदेश जान र अरू कामका लागि समेत नतिजा कुरेका विद्यार्थीले समस्या परेको भन्दै परीक्षा नियन्त्रण कार्यालयसमक्ष गुनासो गरेका छन्।

- नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ