२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा ईपीएस खारेजीको माग

२९ जेष्ठ २०७४, सोमबार ०२:१७


जेठ २९, काठमाडौँ । स्वीजरल्याण्डको जेनेभास्थित राष्ट्र संघको मुख्यालयमा जारी आर्इएलओको १०६औं अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा ईपीएस खारेजको माग जोडदार रुपमा प्रस्तुत गरिएको छ । 

कोरियामा क्रियाशिल प्रवासी मजदुर संघ एमटियूका अध्यक्ष उदय राईले र्इपीएस खारेजीको माग प्रस्तुत गर्नु भएको हो । यसै जुन ४ देखि सुरू भएको सम्मेलन जुन १६ सम्म चल्ने छ । आर्इएलओको बैठकमा अध्यक्ष राईले कोरियामा र्इपीएस खारेज गरी डब्लूपीएस लागू गर्नुपर्ने, मजदुरका तीन अधिकार सुनिश्चित गर्नुपर्ने लगायतमा माग प्रस्तुत गर्नु भएको छ । विभिन्न मुलुकका मजदुर संगठनका प्रतिनिधी सहभागी रहेको सो बैठकमा कोरियाको काम र मजदुरको अवस्थाका बारेमा दुई पटक छलफल समेत भइसकेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा कोरियाबाट कोरियाको सवैभन्दा ठुलो मजदुर संगठन केसिटियूका विदेश विभाग प्रमूख मिकयुङ र्यू र एमटियूका अध्यक्ष राईले सहभागिता जनाउनु भएको छ । अध्यक्ष राई प्रवासी मजदुरको प्रतिनिधित्व गर्दै कोरियाबाट अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सम्भवतः पहिलो नेपाली समेत हुनुहुन्छ ।

दुई पटकको छलफलमा अध्यक्ष राईले र्इपीएस प्रणालीका कारण कोरियामा प्रवासी मजदुरले भोग्नुपरेको पीडा, भेदभाव र त्यसबाट उत्पन्न समस्याका बारेमा सहभागी राष्ट्रका प्रतिनिधिलाई जानकारी गराउनु भएको छ । यद्यपी विभिन्न मुलुकबाट कामदार ल्याउने हकमा भने र्इपीएस प्रणाली राम्रो भएको र यसलाई निरन्तरता दिनुपर्ने पक्षमा एमटियू रहेको छ ।

कामदार छनौटमा उत्कृष्ट माध्यम भएपनि कोरियामा लागू गरिएको इपीएस प्रणाली मालिक मैत्री भएको दावी एमटियूको छ । मालिक मैत्री भएका कारण यहाँ कार्यरत प्रवासी मजदुर काम जस्तोसुकै कठिन र काम गर्न अनुच्छुक भएपनि काम गर्नैपर्ने बाध्यता एकातर्फ छ भने समयमै तलब नपाउने, न्यूनतम आवास र खानाको सुविधा नभएको, श्रम शोषण, दुर्व्यवहार लगायतका समस्या मजदुरले भोग्नुपर्ने अवस्था छ । जसका कारण औद्योगिक दुर्घटना हुनुकासाथै केही मजदुरले डिप्रेसनमा परेर आत्महत्या जस्तो बाटो रोजेको ठहर पनि एमटियूको छ ।

आर्इएलओ सम्मेलनमा राईले डब्लूपीएस लागू गरिए मजदुरले स्वेच्छाले कम्पनी परिवर्तन गर्न पाउने, आफ्ना अधिकार लागि लड्न पाउने, आफूले गर्न सक्दाको समयसम्म काम गर्न पाउने र विभिन्न खाले समस्या निकारण हुने तर्क राईले राख्नु भएको छ । 

सम्मेलनमा आइएलओले कोरिया सरकारका प्रतिनिधिलाई समेत आमन्त्रण गरेको छ । जसका कारण मजदुरका प्रतिनिधिले राखेका मागहरु पुरा गर्न कोरिया सरकारलाई थप दबाब पर्ने छ । -अन्नपुर्ण पोस्ट दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय