२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा ईपीएस खारेजीको माग

२०७४, २९ जेष्ठ सोमबार ०२:१७


जेठ २९, काठमाडौँ । स्वीजरल्याण्डको जेनेभास्थित राष्ट्र संघको मुख्यालयमा जारी आर्इएलओको १०६औं अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा ईपीएस खारेजको माग जोडदार रुपमा प्रस्तुत गरिएको छ । 

कोरियामा क्रियाशिल प्रवासी मजदुर संघ एमटियूका अध्यक्ष उदय राईले र्इपीएस खारेजीको माग प्रस्तुत गर्नु भएको हो । यसै जुन ४ देखि सुरू भएको सम्मेलन जुन १६ सम्म चल्ने छ । आर्इएलओको बैठकमा अध्यक्ष राईले कोरियामा र्इपीएस खारेज गरी डब्लूपीएस लागू गर्नुपर्ने, मजदुरका तीन अधिकार सुनिश्चित गर्नुपर्ने लगायतमा माग प्रस्तुत गर्नु भएको छ । विभिन्न मुलुकका मजदुर संगठनका प्रतिनिधी सहभागी रहेको सो बैठकमा कोरियाको काम र मजदुरको अवस्थाका बारेमा दुई पटक छलफल समेत भइसकेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा कोरियाबाट कोरियाको सवैभन्दा ठुलो मजदुर संगठन केसिटियूका विदेश विभाग प्रमूख मिकयुङ र्यू र एमटियूका अध्यक्ष राईले सहभागिता जनाउनु भएको छ । अध्यक्ष राई प्रवासी मजदुरको प्रतिनिधित्व गर्दै कोरियाबाट अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सम्भवतः पहिलो नेपाली समेत हुनुहुन्छ ।

दुई पटकको छलफलमा अध्यक्ष राईले र्इपीएस प्रणालीका कारण कोरियामा प्रवासी मजदुरले भोग्नुपरेको पीडा, भेदभाव र त्यसबाट उत्पन्न समस्याका बारेमा सहभागी राष्ट्रका प्रतिनिधिलाई जानकारी गराउनु भएको छ । यद्यपी विभिन्न मुलुकबाट कामदार ल्याउने हकमा भने र्इपीएस प्रणाली राम्रो भएको र यसलाई निरन्तरता दिनुपर्ने पक्षमा एमटियू रहेको छ ।

कामदार छनौटमा उत्कृष्ट माध्यम भएपनि कोरियामा लागू गरिएको इपीएस प्रणाली मालिक मैत्री भएको दावी एमटियूको छ । मालिक मैत्री भएका कारण यहाँ कार्यरत प्रवासी मजदुर काम जस्तोसुकै कठिन र काम गर्न अनुच्छुक भएपनि काम गर्नैपर्ने बाध्यता एकातर्फ छ भने समयमै तलब नपाउने, न्यूनतम आवास र खानाको सुविधा नभएको, श्रम शोषण, दुर्व्यवहार लगायतका समस्या मजदुरले भोग्नुपर्ने अवस्था छ । जसका कारण औद्योगिक दुर्घटना हुनुकासाथै केही मजदुरले डिप्रेसनमा परेर आत्महत्या जस्तो बाटो रोजेको ठहर पनि एमटियूको छ ।

आर्इएलओ सम्मेलनमा राईले डब्लूपीएस लागू गरिए मजदुरले स्वेच्छाले कम्पनी परिवर्तन गर्न पाउने, आफ्ना अधिकार लागि लड्न पाउने, आफूले गर्न सक्दाको समयसम्म काम गर्न पाउने र विभिन्न खाले समस्या निकारण हुने तर्क राईले राख्नु भएको छ । 

सम्मेलनमा आइएलओले कोरिया सरकारका प्रतिनिधिलाई समेत आमन्त्रण गरेको छ । जसका कारण मजदुरका प्रतिनिधिले राखेका मागहरु पुरा गर्न कोरिया सरकारलाई थप दबाब पर्ने छ । -अन्नपुर्ण पोस्ट दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै