Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १९ गते, दिउँसो १:२८ बजे
काठमाडौँ - KTM

राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ ।

उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल बुधबार बिहान भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।