२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार

२०८१, २२ पुष सोमबार १५:४४

काठमाडौँ | सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स १.५१ प्रतिशतले बढेर ४४९.५९ विन्दुमा अडिएको छ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेको थियो। सो दिन ४ अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो। आज ३१२ स्क्रिप्सको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८५४ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

सुपर मादी हाइड्रोपावरको ९.७० प्रतिशत,साहस उर्जाको ८.७१,माया खोला हाइड्रोपावरको ८.५९ र सप्तकोशी डेभलपमेन्टको ८.२५ प्रतिशतले बढ्यो।

यसदिन दुई कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घट्यो।

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट २९ करोडको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी साहस उर्जा र पिपुल्स हाइड्रोपावरले १३/१३ करोडको सेयर कारोबार गरे। दोल्ती पावरले १२ करोडको सेयर कारोबार गर्दा सप्तकोशी डेभलपेन्ट बैंकले १० करोडको सेयर कारोबार गर्‍यो।

कारोबारमा आएका स्टक्समध्ये २२६ वटाको मूल्य बढ्यो भने १२ वटाको घट्यो भने ४ वटाको मूल्य स्थिर रह्यो। सबै समूहको उपसूचकमा हरियाली छाएको छ। आज हाइड्रोपावर र इन्भेस्टमेन्ट समूहको उपसूचक ३ प्रतिशत बढिले वृद्धि भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै