२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री

२०८१, २४ माघ बिहीबार १४:१३

काठमाडौँ | उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा अध्यादेशलाई समर्थन गर्ने प्रस्ताव राखेको छ । उपेन्द्रलाई मधेशको मुख्यमन्त्री दिनेगरी अध्यादेशमा मत दिने मोटामोटी सहमति बनिसकेको नेपाली कांग्रेसका एक शीर्ष नेताले दिए । ‘सभापति देउवा र प्रधानमन्त्री ओली छलफल गरेर कहाँ के गर्ने टुंगिन्छ,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘मधेशको मुख्यमन्त्रीमा उहाँहरूको चासो छ । त्यही पद मिलाउनेतिर सकारात्मक छलफल छ ।’

बिहीबार संघीय संसद्का दुवै सदनबाट सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभाबाट सहजै अध्यादेश पारित हुने भए पनि राष्ट्रिय सभामा उपेन्द्र नेतृत्वको जसपा नेपाल निर्णायक भूमिकामा देखिएको छ ।

जसपा नेपाललाई फकाउन सत्ता र प्रतिपक्ष दुवैतर्फका नेताहरू लागिपरेका थिए । बिहीबार बिहान अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितसँग छलफल गरेका थिए । उक्त छलफलमा उपेन्द्रले मधेशको मुख्यमन्त्री आफ्नो दलले पाउनेगरी अध्यादेशमा सहमति दिने शर्त अघि सारेका थिए । जसपा नेपालको संसदीय दलको बैठक जारी छ । सोही बैठकबाट छलफल गरेर अध्यादेशको समर्थनमा जाने निर्णय लिने बताइएको छ ।

जसपा कार्यदलले अध्यादेश अध्ययन प्रतिवेदन बुझायो पार्टीलाई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले पार्टीलाई प्रतिवेदन बुझाएको छ । पार्टी उपाध्यक्ष राजकिशोर यादव संयोजक रहेको कार्यदलले बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशबारेको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएका कुराहरु भने अहिले बताउन नमिल्ने जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा