२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वातावरण विभाग वायु प्रदूषणबारे भन्छ- ‘वाच’ गरिरहेका छौँ

२१ चैत्र २०८१, बिहीबार १७:२८

काठमाडौँ | काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले हाल काठमाडौँमा वायु प्रदूषणको स्तर ३४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको जनाएको छ।

एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, १०१ देखि १५० सम्म ‘सम्भावित जोखिम’, १५१ देखि २०० सम्म ‘अस्वस्थकर’, २०१ देखि ३०० सम्म ‘अत्यधिक अस्वस्थकर’ र ३०१ भन्दा माथि ‘खतरनाक’ मानिन्छ।

तर यसको नियन्त्रणबारे सरकारको कुनै योजना छैन। यी प्रदूषण नियन्त्रणबारे वातावरण व्यवस्थापन विभागले ‘वाच’ गरिरहेको जनाएको छ। विभागका वातावरण निरीक्षक प्रकाश केसीले भने, ‘हामीले वाच गरिरहेका छौँ, विभिन्न ठाउँमा भएको आगलागीको असर हो यो।’

उनले यसको नियन्त्रणका लागि आगलागी नियन्त्रण गर्नुपर्ने वा पानी नै पर्नुपर्ने उनले बताए। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीले विशेष सतर्कता अपनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य