Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ । पछिल्लो रेकर्डअनुसार काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बिहान ११ः२५ मा काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६१ छ ।

पहिलो स्थानमा बङ्गलादेशको ढाका सहर रहेको छ । यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६९ रहेको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत मानिन्छ ।