साउन ३१, काठमाडौं ।  हिमालय एअरलाइन्सले काठमाडौंबाट साउदी अरबको दमाममा आउँदो भदौ १६ गतेबाट सिधा उडान गर्ने भएको छ । 

दसैँ तिहारको विशेष उपहार भन्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, काठमाडौं ।  हिमालय एअरलाइन्सले काठमाडौंबाट साउदी अरबको दमाममा आउँदो भदौ १६ गतेबाट सिधा उडान गर्ने भएको छ । 

दसैँ तिहारको विशेष उपहार भन्दै"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालय एयरलाइन्सको काठमाडौं-साउदी सिधा उडान

३१ श्रावण २०७४, मंगलवार १२:३३


साउन ३१, काठमाडौं ।  हिमालय एअरलाइन्सले काठमाडौंबाट साउदी अरबको दमाममा आउँदो भदौ १६ गतेबाट सिधा उडान गर्ने भएको छ । 

दसैँ तिहारको विशेष उपहार भन्दै हिमालय एअरलाइन्सले नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक साउदीमा उडान भर्न लागेको जनाएको छ ।

दैनिक सिधा उडानले साउदीमा बस्ने नेपालीहरुको लागि आउँदै गरेको दशैं तथा दिपावलीमा घर आउन आउन सहज कम्पनीले जनाएको छ । यसबाट दमाम र काठमाडौं यात्रा गर्ने हजारौ नेपालीहरुको समय र पैसा दुवैको वचत हुनेछ ।

दैनिक उडान संचालन गर्ने हिमालय एअरलाइन्सको विमान उडान नम्बर एच ९५५९ (H9559) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट साढे १० बजे उडेर किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिनको १२ बजेर ५० मिनेट जाँदा अवतरण गर्ने छ । 

त्यसैगरी उडान नम्बर एच ९५६० (H9560)  किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थल दमामबाट १ बजेर ५० मिनेट जाँदा प्रस्थान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ बजेर १५ मिनेट जाँदा अवतरण हुनेछ । 

एअरलाइन्सले काठमाडौं-दमाम-काठमाडौंको लागि शुरुवाती टिकटदर करबाहेक २३ हजार ८ सय रुपैयाँ एकतर्फी र ३८ हजार रुपैयाँ दुईतर्फी तोकेको छ । त्यसैगरी दमाम-काठमाडौं-दमामको शुरुवाती टिकटदर एकतर्फी करबाहेक ८ सय ५० रियाल र दुईतर्फी १३ सय ६० रियाल तोकेको छ । साथै दुवै मार्गमा बिजनेस क्लासको लागि ४० किलो र इकोनोमी क्लासको लागि ३० किलो ब्यागेज ल्याउन निःशुल्क गरेको एअरलाइन्सले जनाएको छ ।  

हिमालय एअरलाईन्सलअसफार ट्राभल एउण्ड टुरिजमलाई साउदी अरबको लागि आधिकारिक विक्रेता तोकेको छ । उक्त ट्राभल एजेन्सीले हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्दै बजार विस्तार, रिजर्भेसन र टिकट सेवा लगायत सम्पूर्ण कार्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ