२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेटिएको पाँच लाख सम्बन्धित व्यक्तिलाई फिर्ता

२०७४, ३१ श्रावण मंगलवार १२:५२

साउन ३१, काठमाडौँ । के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ । 

तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको रु पाँचलाख केही घण्टामा फेला पारेपछि खुशीले गद्गद् हुनुभयो । लामाले नयाँ सडकको रन्जना ट्रेडर्समा रहेको साथी प्रवीन लामाको पसलबाट पैसा लिएर टेकुतर्फ जाँदै गर्दा मोटरसाइकलमा राखेको रकम हरायो । लामा बाटोमा पुगेर पैसा हेर्दा नभेटेपछि तत्काल रन्जना टेडर्सको साथीलाई फोन गर्नुभयो । रन्जना टेडर्सको साथीले तत्काल महानगरीय प्रहरी वृत्त जनसेवा नयाँ सडकलाई खबर गरे । 

सोही समयमा बाटोमा हिँड्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका–२१ जैसीदेवलमा रहेको ह्युमट महिला समूह (मिसाःपूच)ले रु चार लाख फेला पा¥यो । फेला पारेको रकम लिएर महिला समूह जनसेवा आइपुग्यो । 

जनसेवामा आइपुगेको महिला टोलीले जनसेवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यलाई भेटेर पैसा पाएको खबर गरेपछि लामालाई जनसेवा बोलाएर सिसिटिभी र फुटेजका आधारमा अनुसन्धान गरेर पैसा लामाकै भएको ठहर गरेपछि फिर्ता गरियो । 

वृत्तका प्रमुख आचार्य पाउने व्यक्ति र हराउने व्यक्ति दुवैको फोन आएकाले तत्काल सम्बन्धित व्यक्तिलाई पैसा फिर्ता गर्न सकिएको बताउनुहुन्छ । 

यस्तै हराएको रकममध्ये रु एक लाख महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले फेला पारेको छ । पैसा लिएर हिँड्दै गर्दा छिरलिएको पैसा काममा खटिएका ट्राफिक जवानले फेला पारेका थिए । 

जवानले फेला पारेको रकम महाशाखाको माध्यमबाट लामालाई हस्तान्तरण गरिएको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना