भदौ १, काठमाडौँ । समाज सेवा, राहात एवं उद्धारका कारण लोकप्रिय बनीरहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, काठमाडौँ । समाज सेवा, राहात एवं उद्धारका कारण लोकप्रिय बनीरहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्य"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुसले गरे अर्को मनछुने काम (भिडियोसहित)

१ भाद्र २०७४, बिहीबार १२:२६


भदौ १, काठमाडौँ । समाज सेवा, राहात एवं उद्धारका कारण लोकप्रिय बनीरहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्याएर उद्धार गरेका छन् । 

तराई डुबेपछि राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरेका हुन् । 

राहात सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पिडितलाई राहात वितरण गरे । माझी गाउँमा रहेका २६ परिवारमध्ये कतिपय पिडितहरु राहात लिनबाट बञ्चीत भएको हुनसक्ने भन्दै बस्ती धुर्मुसले रत्नेदेवीलाई भेटेका हुन् । 

राहात सामग्री लिन जान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफुले वर्षौँ अघि दालले पोलेर डेढ महिना थलिएको पिडा सम्झेको बताएका छन् । आगोले पोल्दाको पिडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पुर्याएको धुर्मुसले बताए । 

६ महिना अघि लुगाबाट सल्कीएको आगोले रत्नेदेवीको पुरै शरिर डढेपछि सामान्य उपचार गरिएको थियो । तर, चरम गरिबीका कारण गतिलो उपचार हुन नसक्दा उनको हातखुट्टा नशा समेत खुम्चीसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिबासका होटल व्यवसायी हिरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि अस्पताल पुर्याएको हो । 

अस्पतालमा उपचार पछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चीएका नशालाई सोझ्याउन भने अपरेशन गर्नु पर्ने डक्टरले बताएका छन् । त्यसका लागि उनलाई केहि दिनपछि काठमाण्डौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु