भदौ २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 भदौ २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

२ भाद्र २०७४, शुक्रबार ०७:२४


 भदौ २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

विसं २००२ मा काठमाडौँको ठमेल गल्कोपाखामा जन्मिएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । उनले विसं २०३० देखि वकालत सुरु गरेका हुन् । उनले नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत प्रतिस्पर्धा गरेका थिए ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता भण्डारीले संविधान र कानूनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु