भदौ ३, काठमाडौँ । तराईमा बाढी पिडितको राहात र उद्धारमा सक्रिय समाजसेवी एवं कलाकार सिताराम कट्टेल (धुर्मुस)ले दुई विपन्न परिवारलाई किरीया खर्च दिएका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३, काठमाडौँ । तराईमा बाढी पिडितको राहात र उद्धारमा सक्रिय समाजसेवी एवं कलाकार सिताराम कट्टेल (धुर्मुस)ले दुई विपन्न परिवारलाई किरीया खर्च दिएका छन् ।&nb"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुसले घरमै पुगेर दिए किरीया खर्च (भिडियोसहित)

३ भाद्र २०७४, शनिबार १४:२०


भदौ ३, काठमाडौँ । तराईमा बाढी पिडितको राहात र उद्धारमा सक्रिय समाजसेवी एवं कलाकार सिताराम कट्टेल (धुर्मुस)ले दुई विपन्न परिवारलाई किरीया खर्च दिएका छन् । 

बाढीका कारण आफन्त गुमाएका मोरङका दुई विपन्न परिवारलाई उनले २५ हजारका दरले किरीया खर्च वितरण गरेका हुन् । बाढीले विराटनगर महानगरपालिका १९, घिनाघाट दलित बस्ती पुरै बगाउँदा उरा रिसीदेवले आफ्नी आमा गुमाएका थिए । 

पाल टाँगेर बसिरहेका उनीसँग आमाको किरीया गर्ने खर्च समेत नभएपछि धुर्मुस सुन्तली फाउण्डेशनले बस्तीमै पुगेर उनलाई २५ हजार रुपैँया प्रदान गरिएको हो ।  सो बस्तीका अधिकाँस घरहरु खोलाले बगाएपछि खान र बस्नको समेत निकै अभाव रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । यस्तै, मोरङ बुढीगंगा गाउँपालिकाका उमेश नेपालको किरीया गर्नका लागि पनि फाउण्डेशनले उनको परिवारलाई २५ हजार रुपैँया किरीया खर्च उपलब्ध गराएको छ । 


पत्रिका बेच्ने काम गर्दै आएका छोरो नै गुमाएको नेपाल परिवारलाई उनको घरमै गएर उक्त रकम प्रदान गरिएको हो । बाढी पश्चात तराईका थुप्रै बालबालिका, वृद्ध र महिलाहरु बिरामी छन् । 

उनीहरुको स्वास्थ्य उपचारका लागि मोरङमा फाउण्डेशनले विराटनगर जेसिस र अन्नपूर्ण मिडिया नेटवर्कसँगको सहकार्यमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको फाउण्डेशनका पोजेक्ट संयोजक अर्जुन न्यौपानेले बताएका छन् । 

यस्तै, फाउण्डेशनका अध्यक्ष कट्टेल विराटनगर विमानस्थलको हिलो सफा गर्न खटिएको नेपाली सेनालाई सघाउन र हौसला दिन समेत पुगेका थिए । बाढीका कारण तराईले राहात र उद्धारको ठूलो आवश्यकता महसुस गरिरहेको समयमा धुर्मुस तराई झरेका हुन् । 


भूकम्पपछि एकिकृत बस्ती निर्माणमा सक्रिय फाउण्डेशन बाढी पिडितलाई राहात वितरणमा पनि सक्रिय भएपछि सहयोगी मनको सहयोग आउने क्रम पनि बढेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु