भदौ ३, काठमाडौँ । तराईमा बाढी पिडितको राहात र उद्धारमा सक्रिय समाजसेवी एवं कलाकार सिताराम कट्टेल (धुर्मुस)ले दुई विपन्न परिवारलाई किरीया खर्च दिएका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३, काठमाडौँ । तराईमा बाढी पिडितको राहात र उद्धारमा सक्रिय समाजसेवी एवं कलाकार सिताराम कट्टेल (धुर्मुस)ले दुई विपन्न परिवारलाई किरीया खर्च दिएका छन् ।&nb"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुसले घरमै पुगेर दिए किरीया खर्च (भिडियोसहित)

२०७४, ३ भाद्र शनिबार १४:२०


भदौ ३, काठमाडौँ । तराईमा बाढी पिडितको राहात र उद्धारमा सक्रिय समाजसेवी एवं कलाकार सिताराम कट्टेल (धुर्मुस)ले दुई विपन्न परिवारलाई किरीया खर्च दिएका छन् । 

बाढीका कारण आफन्त गुमाएका मोरङका दुई विपन्न परिवारलाई उनले २५ हजारका दरले किरीया खर्च वितरण गरेका हुन् । बाढीले विराटनगर महानगरपालिका १९, घिनाघाट दलित बस्ती पुरै बगाउँदा उरा रिसीदेवले आफ्नी आमा गुमाएका थिए । 

पाल टाँगेर बसिरहेका उनीसँग आमाको किरीया गर्ने खर्च समेत नभएपछि धुर्मुस सुन्तली फाउण्डेशनले बस्तीमै पुगेर उनलाई २५ हजार रुपैँया प्रदान गरिएको हो ।  सो बस्तीका अधिकाँस घरहरु खोलाले बगाएपछि खान र बस्नको समेत निकै अभाव रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । यस्तै, मोरङ बुढीगंगा गाउँपालिकाका उमेश नेपालको किरीया गर्नका लागि पनि फाउण्डेशनले उनको परिवारलाई २५ हजार रुपैँया किरीया खर्च उपलब्ध गराएको छ । 


पत्रिका बेच्ने काम गर्दै आएका छोरो नै गुमाएको नेपाल परिवारलाई उनको घरमै गएर उक्त रकम प्रदान गरिएको हो । बाढी पश्चात तराईका थुप्रै बालबालिका, वृद्ध र महिलाहरु बिरामी छन् । 

उनीहरुको स्वास्थ्य उपचारका लागि मोरङमा फाउण्डेशनले विराटनगर जेसिस र अन्नपूर्ण मिडिया नेटवर्कसँगको सहकार्यमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको फाउण्डेशनका पोजेक्ट संयोजक अर्जुन न्यौपानेले बताएका छन् । 

यस्तै, फाउण्डेशनका अध्यक्ष कट्टेल विराटनगर विमानस्थलको हिलो सफा गर्न खटिएको नेपाली सेनालाई सघाउन र हौसला दिन समेत पुगेका थिए । बाढीका कारण तराईले राहात र उद्धारको ठूलो आवश्यकता महसुस गरिरहेको समयमा धुर्मुस तराई झरेका हुन् । 


भूकम्पपछि एकिकृत बस्ती निर्माणमा सक्रिय फाउण्डेशन बाढी पिडितलाई राहात वितरणमा पनि सक्रिय भएपछि सहयोगी मनको सहयोग आउने क्रम पनि बढेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना