११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार महासंघमा आचार्यको प्यानल बिजयी, प्रदेशमा कसले जिते ? (सूचीसहित)

६ भाद्र २०७४, मंगलवार ०१:१६


भदौ ६, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा गोबिन्द आचार्यको प्यानल बिजयी भएको छ । 

प्रेस सेन्टर र युनियनका अध्यक्ष पदका साझा उम्मेदवार गोविन्द आचार्य बिजयी भएका हुन् । गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई झण्डै एक सय मत अन्तरले हराएका छन् ।

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् ।प्रदेशतर्फका केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । खुलातर्फको केन्द्रीय सदस्यको नजिा भने आउन बाँकी छ । 

प्रदेशबाट निर्वाचित भएका केन्द्रीय सदस्य

प्रदेश १– चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।

प्रदेश २ – सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।

प्रदेश ३ – चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी

प्रदेश ४ – चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल विजयी

प्रदेश न ५ – सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी

प्रदेश न ६ – युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी

प्रदेश ७ – युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत ।

उपत्यका – प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं विजयी ।

प्रतिष्ठान – सेन्टरका टीकाराम प्रधान र युनियनका यम विरही विजयी ।

एशोसिएट –  युनियनका  राधेश्याम दाहाल पवन अचार्य विजयी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु