पढ्न करिब 3 मिनेट लाग्छ

भदौ १२, काठमाडौँ | हुण्डी कारोबारीविरुद्ध हालसम्मकै ठुलो विगोसहितको रकम दावी सहित आज मुद्दा दायर गरिएको छ ।

काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दा अनुसार हुण्डी कारोबारका नाइकेहरुबिरुद्ध मुद्दा दायर भएको हो । हुण्डी गर्न राखेको १२ लाख रुपैयाँ नगदसहित पक्राउ परेका अभियुक्तलाई राजस्व अनुसन्धान विभागले १५ महिनापछि मुद्दा दायर भएको हो । काठमाडौं प्रहरी परिसरले सुन्धाराको जेबो ट्राभल्समा छापा मारेर १२ लाख रुपैयाँ नगदसहित त्यहाँ काम गर्ने दलबहादुर पुन र लवकुमार नेपाललाई विभागमा बुझाएको थियो ।

बिभागले दलबहादुर पुन, लक कुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको छ ।

हुन्डी कारोबारीमा सक्रिय धर्म गुरुङ र मिलन गुरुङ विभागको सम्पर्कमा नआएको भएपनि अन्य ५ जना बिभागसँग सम्पर्कमा छन् । यी मध्ये हुण्डी कारोवारमा संलग्न भएको देखिएका राजेन्द्रमान गुरुङ र विद्यादेवी गुरुङलाई पनि अभियुक्त मानि मुद्धा दायर गरिएको छ । गुरुङ दम्पतीलाई हुन्डीको रकम भुक्तानी गर्न ५० लाख रुपैयाँको चेक काटेको भेटिएको आधारमा मुद्धा दायर भएको हो । मुद्धामा फसेकाहरु मध्ये अधिकांश बेलायतमा बस्छन ।

काठमाडौं प्रहरी परिसरले सुन्धाराको जेबो ट्राभल्सको कम्प्युटर नियन्त्रणमा लिई अनुसन्धान गर्दा त्यसमा प्रविष्ट गरिएको हुन्डीमार्फत स्थानान्तरण गरिएको रकमका आधारमा बिगो कायम गरिएको हो । कम्प्युटरबाट प्राप्त सूचनाका आधारमा रकम यहाँबाट पठाउने र विदेशबाट ल्याउने काम बराबरजस्तै छ । अस्ट्रेलिया, ब्रिटेनलगायत देशबाट रकम आएको र विभिन्न देशमा हुन्डीमार्फत पैसा पठाएको कम्प्युटरमा देखिएको थियो । कम्प्युटरमा तीन महिनाको रेकर्डमात्र भेटिएको थियो । तीन महिनामै यति ठूलो कारोबार भएको फेला परेको छ ।

हुण्डी कसरी गरिन्छ ?

एक देशबाट अर्को देशमा पैसा पठाउने अबैध माध्यम हुण्डी हो । बैंकिंग प्रणालीभन्दा बाहिरबाट गरीने हुँदा यो अवैध हुन्छ। आफ्नो ठाउँको हुन्डी कारोबारीलाई पठाउनुपर्ने रकम बुझाएपछि उसले जुन ठाउँमा पठाउने हो, त्यहाँको सम्पर्क कारोबारीलाई रकम ग्राहकले भनेको व्यक्तिलाई दिन भनिदिन्छ । यदी मलेसियाबाट नेपाल पैसा पठाउनुछ भने मलेसियाको हुण्डी कारोवारीकहाँ पैसा बुझाएपछि उसले नेपालको उसको व्यक्तिलाई भनिदिन्छ । अब पैसा प्राप्त गर्नुपर्ने व्यक्तिले नेपालको उक्त कारोबारीसँग पैसा लिन सक्छ । बैंकिङ प्रणालीबाट पठाएको पैसा भन्दा बढी पैसा पाइने हुँदा हुन्डीप्रति आकर्षण छ ।

त्यति मात्र हैन हुण्डीले भ्रष्टाचार गर्नेहरुलाई समेत निकै सजिलो बनाएको हुन्छ । घुस खाएको रकम स्थानान्तरण गर्नुपरे हुन्डीकै सहारा लिने गरिन्छ । त्यस्तै नेपालबाट विदेशमा जाने सबैखाले अबैध सम्पतिको कारोबार हुण्डीबाटै हुने गर्छ । डीभी परेर नेपाली नागरिकता त्यागी अमेरिका बसाइँ जाने नेपालीहरुले नेपालबाट सम्पत्ति लैजान पाउँदैन त्यस्ताले समेत हुन्डी नै प्रयोग गर्छन् ।

त्यस्तै न्यून बीजकीकरणको लागि पनि यही बाटो सहज हुन्छ ।