भदौ १९, काठमाडौं । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले टोल फ्रि नम्बर ११५१ तथा मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १९, काठमाडौं । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले टोल फ्रि नम्बर ११५१ तथा मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । 

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्राहकका गुनासा संबोधन गर्न ऊर्जामन्त्रीले ल्याए टोल फ्रि नम्बर

१९ भाद्र २०७४, सोमबार १०:५३


भदौ १९, काठमाडौं । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले टोल फ्रि नम्बर ११५१ तथा मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । 

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झापा गौरादहका एक सेवा ग्राहीको जनगुनासो सुनेर तथा रिबन काटेर उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।

उहाँले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त टोल फ्रि हटलाइन नम्बर र मोबाईल एप्स सञ्चालनमा ल्याईएको बताउनुभयो ।

'जनताका गुनासाहरु संबोधन गर्न निशुल्क टेलिफोन नम्बर र मोबाईल एप्सको व्यबस्था गरिएको हो , ऊर्जामन्त्री शाहीले भन्नुभयो , जनताका कामकारबाहीलाई कुनै पनि बाहानामा संबोधन नगर्ने परिपाटीको अन्त्य गर्न यस्तो सेवाको आबश्यकता परेको हो । '

नेपाल विद्युत प्राधिकरणले पनि यस्तो सेवाको व्यवस्था गरिसकेको अबश्थामा मन्त्रालयमा पनि किन आबश्यकता पर्यो भन्ने पत्रकारको प्रश्नको जवाफ दिदैं मन्त्री शाहीले जनताहरु समस्या ल्याएर प्राधिकरणमा भन्दा मन्त्रालयमा बढी आउने गरेको हुनाले मन्त्रालयले पनि यो सेवाको सुभारम्भ गर्नुपरेको स्पष्ट पार्नुभयो ।

प्राधिकरण जनताको सेवामा क्रियाशील छ भन्ने सन्देश दिनका लागि पनि हटलाइन सञ्चालनमा ल्याईएको र त्यसले प्राधिकरणका कर्मचारीलाई जिम्मेवार बनाउने विश्वास मन्त्री शाहीको थियो । उक्त हटलाईन टेलिफोन नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ