३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् ८८ किलो सुनका मालिक

२० भाद्र २०७४, मंगलवार ०१:००

भदौ २०, काठमाडौँ | सोमबार काठमाडौंको क्षेत्रपाटीबाट हालसम्मकै ठुलो परिणाममा बरामद भएको ८८ किलो सुनका मालिकको खुलाशा भएको छ । ८८ किलो सुनका मालिक नेपाली नभई चिनियाँ नागरिक पान विइ मिङ भएको खुलेको हो । 

८८ किलो सुन राखेर हिडेका गाडी चालक मनोज अधिकारीको वयान अनुसार प्रहरीले सुनको मालिक मिङ रहेको पत्ता लगाएको हो । 'चालक बयानलाई आधार मान्ने हो भने सुनको मालिक नेपाली नभई चिनिया नागरिक हुन् भन्ने स्पष्ट छ तर हाम्रो अनुसन्धान अझै जारी हुन्छ' प्रहरीले जनाएको छ  । प्रहरीले प्रमाणित भएपछी सुन तस्करलाई सार्वजनिक गरिने बताएको छ । 

बयानका आधारमा सुन तस्कर मिङ क्षेत्रपाटीका होटल संचालक हुन् । होटल संचालनको नाममा उनले ४ बर्षदेखी यस्तो धन्दा चलाएको बुझिएको छ भने उनलाई पत्नी याङ वेनले पनि सघाउँदै आएकि छन् । उनीहरु अहिले चीनमै रहेका छन् । प्रहरी स्रोतले जनाए अनुसार ति दम्पतिले चीनबाट सुन ल्याएर धेरै मात्रामा भारत पठाउँने गरेको खुलेको छ । 

महाशाखाबाट खटिएको टोलीले सोमबार ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीमा पक्राउ गरेको थियो । हाल सम्मकै ठुलो परिणाममा सुन चालक बस्ने पछिल्लो सिट पछिको गाडीको अधिकांश भागमा लुकाइएको भेटिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ