२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी फष्टाउँदै छ काठमाडौँको रात्रिकालीन व्यवसाय

२०७४, २४ भाद्र शनिबार ११:०८

भदौ २४, काठमाडौँ । बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ । 

सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन । त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो । 

विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । राजधानीका पर्यटकीयस्थल ठमेल, दरबार मार्गमात्र नभई नयाँ गन्तव्य बनेको झम्सीखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, गौशला, नयाँबसपार्क आदि स्थानमा यस्ता व्यवसाय विस्तार भइरहेका छन् । 


पुराना डेजाबु, काउजी, सर्कल, ईबिज्जा, फायर क्लब, ओएमजी, पर्पल हेज, कर्मा, शिशा बारलगायतका क्लब तथा लाउन्ज मर्मत र लगानी थपी नयाँ संरचनासहित खुलेका छन् । लाइभ म्युजिकसहितको क्लब तथा लाउन्ज रेष्टुराँमा नेपाली र विदेशी पर्यटकको ओइरो लाग्न थालेपछि लगानी गर्ने यसतर्फ आकर्षित भएका हुन् । 

ठमेलमा विगत १५ वर्षदेखि रात्रिकालीन व्यवसाय गर्दै आउनुभएका आयुष ठकुरी व्यावसायिक सम्भावना देखेर नै यो क्षेत्रमा लगानी बढाउँदै हुनुहुन्छ । 

पहिला ब्लू बार नामक रेष्टुराँ सञ्चालन गर्दै आएका ठकुरीले दुई महिना अघिदेखि रु एक करोडभन्दा बढीको लगानीमा सर्कल गजल एण्ड लाउञ्ज बार शुरु गरेका छन् । लेखनाथ मार्ग ठमेलमा रहेको यो बार ठमेलकै पूर्ण पारिवारिक वातावरण र स्वादिष्ट परिकारको सेवाग्राहीले लाभ लिने दाबी गरिएको छ । यहाँ एकसय भन्दा बढीले रोजगारी पाएका छन् । 

डेजाबु क्लब, सर्कल लाउन्ज, कौजी लाउन्ज, शिशा बारले पनि ठूलो लगानी गरेका छन् । क्लब डेजाबु सञ्चालन गर्न दश जना सञ्चालकले करिब रु १० करोड लगानी गरेको बताइन्छ । यसअघि खुलेका भिक्ट्री लाउन्ज, क्लासिक बर्बन र त्रिसरा रेष्टुराँमा समेत भीडभाड बाक्लिएको छ । रातको २÷३ बजेसम्म यस्ता क्लब तथा लाउन्ज रेष्टुराँ सञ्चालन हुने गरेका छन् । 

ठमेलको ओएमजी डिस्को र पर्पल हेज बढी पर्यटक जाने थलो नै बनेको छ । विशेष गरी ओएमजीमा शुक्रबार विदेशी पर्यटकको बढी घुइँचो लाग्ने गरेको क्लब तथा ‘ह्याङ आउट’ रेष्टुराँका व्यवस्थापक सरोज खड्काले बताउनुभयो । 

आम्दानीसँगै यो व्यवसायमा चुनौती पनि देखिएको छ । व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धा र बेलाबेला प्रहरी प्रशासनको अनावश्यक दबाब झेल्नुपर्छ । 

ठमेलकै क्लासिक बर्न लाउन्जका सञ्चालक अजयमान श्रेष्ठले पनि व्यावसायिक सम्भावना देखेरै लगानी बढाएका छन् । झण्डै १३ वर्षदेखि डान्स बार, आइ क्लबजस्ता व्यवसाय चलाउँदै आएका श्रेष्ठले दरबारमार्गमा करोडभन्दा बढीको लगानीमा क्लब चलाइरहेका छन् । 

श्रेष्ठले रात्रिकालीन व्यवसायलाई सरकारले व्यवस्थित गरी सुविधा र सहजीकरण गर्नुपर्ने खाँचो आँैल्याउनुभयो । घरभाडा र कर्मचारीको तलब गरी मासिक रु आठदेखि १० लाख खर्च हुने गरेको उहाँको भनाइ छ । 

त्यसो त दुई महिनाअघि गृहमन्त्री जनार्दन शर्माले ठमेल र दरबारमार्गलाई २४ सैँ घण्टा खुलाउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै त्यसका लागि तयार हुन व्यवसायीलाई आग्रह गर्नुभएको थियो । ती क्षेत्रलाई २४ औं घण्टा सञ्चालनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवसायीको माग छ । 

पछिल्लो समय क्लब तथा लाउन्जबारमा लगानी गर्ने क्रम बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले बताउनुभयो । रात्रिकालीन व्यवसायमा लगानी बढ्नु सकारात्मक भए पनि व्यवसायको सुरक्षा चुनौतीपूर्ण रहेको अध्यक्ष गुरुङले भन्नुभयो । 

एउटा क्लब खोल्न कम्तीमा रु एक करोड लाग्छ । पछिल्लो समय यस्ता क्लब खुल्ने क्रम जारी छ । रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूका अनुसार यो व्यवसायमा अहिले रु दुई अर्बभन्दा बढी लगानी भइसकेको छ । यस्ता व्यवसायको दर्ता गर्ने निकाय एउटै नहुँदा कति संख्यामा खुलेका छन् भन्ने यकिन विवरण नभए पनि करिब ३०० को हाराहारीमा छन् । 

रात्रिकालीन व्यवसायबाट करिब ५० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगार पाएको व्यवसायी सुब्बाको भनाइ छ । यो व्यवसायमा दैनिक रु १० करोडको कारोबार हुने गरेको बताइएको छ । सिवी अधिकारी/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल