३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैंका लागि नयाँ नोट आजदेखि साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ ?

२८ भाद्र २०७४, बुधबार ०८:३१

भदौ २८, काठमाडौं । दशैंका लागि आजबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । 

राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण पौडेलले यो वर्ष ३० देखि ४० अर्ब रुपैयाँ नयाँ नोट साटिने सम्भावना रहेको बताए ।

यस पटक सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा प्रत्तिव्यक्ति २० हजार रुपैयाँसम्म मात्रै नयाँ नोट साट्न पाइने छ ।

नेपाल बैंकको बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ ।

यता, कृषि बिकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकको क्षेत्रीय कार्यालय र मुद्रा सञ्चिति रहेका वाणिज्य बैंकबाट पनि नयाँ नोट वितरण हुनेछ ।

बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका हुन् । निजी क्षेत्रका बैंकहरुबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । यसका लागि राष्ट्र बैंकले निजी बैंकहरुलाई साढे ३ करोड देखि ११ करोड रुपैयाँसम्मका नयाँ नोट दिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही