३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाह्र कम्पनीको पाँच अर्ब ७१ करोडको हकप्रद शेयर आउँदै

५ आश्विन २०७४, बिहीबार १०:२६

रमेश लम्साल। असोज ५, काठमाडौँ। धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । 

बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर स्वीकृत भएको हो । 

स्वीकृति पाएकामध्ये मेघा बैंक ‘क’ वर्गमा रहेको छ । सो बैंकले रु दुई अर्ब ९७ करोड ८५ लाख तीन हजारको हकप्रद शेयर जारी गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार रु आठ अर्ब चुक्ता पुँजी पु¥याउन बैंकले हकप्रद शेयर जारी गर्न लागेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हकप्रद शेयर दिने र टुरिजम डेपलभमेन्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी रु नौ अर्बमाथि पुग्ने बताउनुभयो । दशैँलगत्तै मेघाले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने तयारी गरेको छ । त्यसका लागि विशेष साधारणसभासमेत बोलाइएको छ । 

हकप्रद शेयर जारी गर्न लागेका वित्तीय संस्थामा छवटा विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक, समिट माइक्रोफाइनान्स विकास बैंक, एक्सेल विकास बैंक, ओम विकास बैंक, नेपाल कम्युनिटी विकास बैंक र भार्गव विकास बैंक रहेका छन् । अधिकाशं विकास बैंकले चुक्ता पुँजी पु¥याउन हकप्रद शेयर जारी गर्न लागेका हुन् । 

यस्तै, हकप्रद शेयर जारी गर्न लागेकामा पाँचवटा लघुवित्त संस्था रहेका छन् । किसान माइक्रोफाइनान्स वित्तीय संस्था, आएसडिसी लघुवित्त, समटि माइक्रोफाइनान्स, गुह्श्वेरी मर्चेन्ट बैंकिङ र जनरल फाइनान्स कम्पनी रहेका छन् । विभागले गत साउन २ गतेदेखि गत भदौ २५ गतेसम्म ती वित्तीय संस्थालाई हकप्रद शेयर निस्कासनका लागि अनुमति दिएको सहायक प्रवक्ता डा नवराज अधिकारीले जानकारी दिनुभयो । 

यस्तै ‘क’ वर्गका वित्तीय संस्थाका रुपमा रहेको सेञ्चुरी बैंकले पनि हकप्रद शेयर निस्कासन गरेको थियो । चुक्ता पुँजी रु आठ अर्ब पु¥याउने दबाबमा रहेका ‘क’ वर्गका बैंकलाई राष्ट्र बैंकले थप ६ महिना समय दिएको छ । सो अवधिभित्र चुक्ता पुँजी पु¥याउनै पर्नेछ । 

अठार कम्पनीको १२ अर्ब ९४ करोड हकप्रद शेयर पाइपलाइनमा 

यस्तै धितोपत्र बोर्डमा विभिन्न १८ कम्पनीले हकप्रद शेयर निस्कासनका लागि आवेदन दिएका छन् । कुल १२ करोड ९४ लाख ३० हजार ६८७ कित्ता शेयर हकप्रदका लागि तयारी हालतमा छन् । ती शेयरको मूल्य रु १२ अर्ब ९४ करोड ३० लाख ६८ हजार रहेको छ । 

आवेदन दिएकामध्ये चारवटा वित्तीय संस्थाको हकप्रद शेयर स्वीकृतिको चरणमा रहेको छ । बोर्डले मागेको कागजात पु¥याएर अध्ययनका क्रममा रहेका सांग्रिला विकास बैंक, सेन्ट्रल फाइनान्स, प्रुडेन्सियल इन्सुरेन्स र गुराँस लाइफ इन्सुरेन्स रहेका छन् । 

यस्तै, प्रतीक्षा सूचीमा ‘क’ वर्गको प्रभु बैंक पनि रहेको छ । सो बैंकको रु दुई अर्ब ३५ करोड २५ लाख ६ हजार बराबरको हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । यस्तै एशियन लाइफ इन्सुरेन्स, श्री इन्भेस्ट एण्ड फाइनान्स कम्पनी र कर्णाली विकास बैंक पनि हकप्रद शेयर निस्कासनका लागि बोर्डको प्रतीक्षा सूचीमा छ । 

अपी पावर कम्पनीले रु दुई अर्ब १० करोड बराबरको हकप्रद शेयर जारी गर्न लागेको छ । बोर्डमा प्रारम्भिक अध्ययनका क्रममा विभिन्न पाँच कम्पनी रहेका छन् । उत्पादनतर्फ श्रीराम सुगर मिलले रु ८९ करोड तीन लाख ९४ हजारको शेयर जारी गर्न लागेको छ । गण्डकी विकास बैंक, सिद्धार्थ बैंक, एभरेस्ट इन्सुरेन्स र साहारा विकास बैंकले पनि हकप्रद जारी गर्न आवेदन दिएको र बोर्डमा प्रारम्भिक अध्ययनको चरणमा रहेको छ । 

बोर्डले सोधेका केही सवालको उत्तर दिने क्रममा थप चार कम्पनी रहेका छन् । त्यसमा माउन्ट मकालु विकास बैंक, ग्रिन डेपभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र सिभिल बैंक लिमिटेड रहेका छन् । हकप्रद शेयर दिन विभिन्न कम्पनी लाइन लागेपछि लगानीकर्तालाई उत्साहित बनाएको छ । तर धितोपत्र बजार भने अस्थिर हुन पुगेको छ । बुधबार मात्रै बजार पुनः ३.८९ बिन्दुले घटेर एक हजार ५३९ बिन्दुमा पुगेको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही