२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्क शिखर सम्मेलन सम्बन्धमा सकारात्मक छलफल

२०७४, ६ आश्विन शुक्रबार ०६:३७

भीष्मराज ओझा। असोज ६, न्यूयोर्क। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को आगामी शिखर सम्मेलन आयोजना गर्ने सम्बन्धमा सार्कको मन्त्रिस्तरीय बैठकमा सकारात्मक छलफल भएको छ । 


संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यहाँ आउनुभएका सार्क मुलुकका विदेश मामिलासम्बन्धी मन्त्रीहरुको बिहीबार भएको बैठकमा आगामी शिखर सम्मेलन गर्ने सम्बन्धमा सौहार्दरुपमा छलफल भएको छ । 

नेपालको तर्फबाट आयोजना गरिएको साइडलाइन बैठकमा श्रीलंकाबाहेक सबै देशका विदेश मन्त्रीको सहभागिता रहेको उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो । 

“सबैले सार्कको महत्वका विषयमा कुरा राख्नुभयो, हामीले शिखर सम्मेलन गर्ने सम्बन्धमा प्रस्ताव राख्यौँ, आगामी शिखर सम्मेलन गर्ने पालो पाकिस्तानको हो । सचिवालयको तर्फबाट मिति तोक्ने गरी बैठक सम्पन्न भयो”, उहाँले भन्नुभयो । 

सार्कको १८औँ शिखर सम्मेलन नेपालमा सम्पन्न भएपछि १९औँ शिखर सम्मेलन पाकिस्तानमा गर्ने भनिए पनि त्यसबारेमा हालसम्म कुनै प्रगति भएको छैन । यस परिवेशमा सार्कका विदेश मन्त्रीहरुको बैठक बस्नु आफैँमा सकारात्मक हो । 

परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकमा यसअघिको सार्क शिखर सम्मेलनको निर्णयको अवस्थाका बारेमा छलफल भएको बताउँदै निर्णय कार्यान्वयनका लागि यसअघिको कुन देशले के गर्ने भन्ने विषयका बारेमा सदस्य मुलुकले विवरण प्रस्तुत गरेको जानकारी दिनुभयो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल