कात्तिक १९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरका शिक्षा शास्त्रका विद्यार्थीले शिक्षा ऐनको नवौँ संशोधन विरुद्ध त्रिवि परिसरमा बृहत् विरोध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरका शिक्षा शास्त्रका विद्यार्थीले शिक्षा ऐनको नवौँ संशोधन विरुद्ध त्रिवि परिसरमा बृहत् विरोध"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविमा शिक्षा ऐनको नवौँ संशोधन विरुद्ध र्याली

२०७४, १९ कार्तिक आईतवार १५:११

कात्तिक १९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरका शिक्षा शास्त्रका विद्यार्थीले शिक्षा ऐनको नवौँ संशोधन विरुद्ध त्रिवि परिसरमा बृहत् विरोध र्यालीसहित अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

शिक्षा ऐन २०२८ को नवौँ संशोधन खारेजीको माग गर्दै उनीहरूले आइतबार दिउँसो र्याली निकालेका हुन् । र्याली पश्चात् अन्तरक्रिया कार्यक्रम गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले सडक आन्दोलन र विरोध र्यालीले मात्र संशोधन खारेज हुनेमा आशंका व्यक्त गरे । ‘सडक आन्दोलन र विरोध र्यालीले मात्र यो संशोधन खारेज हुँदैन’ प्रमुख अतिथिसमेत रहेका शिक्षाविद् डा. कोइरालाले भने, ‘तथापी संशोधनलाई कार्यान्वनमा रोक भने लाउन सकिन्छ ।’

कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका नेताहरूले नवौँ संशोधन गलत भएको र खारेजीका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता जनाएका छन् । 

यसैगरी उक्त संशोधनको विरुद्धमा चरणबद्ध आन्दोलन गर्न संघर्ष समितिको गठन गरिएको कार्यक्रमका संयोजक पुष्कर शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते