कात्तिक २६, काठमाडौँ | अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना मात्र ! पक्कै पनि यो दु:खको कुरा हो । तर वास्तविकता यस्तै छ, ‘स्मार्ट लाईसेन्स’ को लागि यातायात का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौँ | अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना मात्र ! पक्कै पनि यो दु:खको कुरा हो । तर वास्तविकता यस्तै छ, ‘स्मार्ट लाईसेन्स’ को लागि यातायात का"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना कुरे पुग्छ !

२६ कार्तिक २०७४, आईतवार ११:०७

अनिल अधिकारी | कात्तिक २६, काठमाडौँ | अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना मात्र ! पक्कै पनि यो दु:खको कुरा हो । तर वास्तविकता यस्तै छ, ‘स्मार्ट लाईसेन्स’ को लागि यातायात कार्यालय एकान्तकुनाले ६ महिनामा मात्र लाइसेन्स दिने गरि काम गर्ने गरेको छ । 

यातायात कार्यालयमा पांच महिना अघिनै लाइसेन्स नवीकरण गराएका काभ्रेका रामकृष्ण श्रेष्ठले अहिलेसम्म आफ्नो लाइसेन्स पाउन सकेका छैनन् । त्यसो त हामी आफै यस बिषयमा जानकारी लिन यातायात कार्यालय एकान्तकुनामा पुगेका थियौं । लाइसेन्सको लागि सबै प्रक्रिया पुरा गरि राजश्व समेत तिरेपछी जो कोहीले पनि 'अब लाइसेन्स लिन कहिले आउने ?' भनेर सोध्ने हो भने त्यहाँका कर्मचारीले सिधै भन्ने गर्छन 'छ महिना पछी आउनुस् ।'

त्यसो त स्मार्ट लाइसेन्स आएलगत्तै पनि यातायात कार्यालयले झन्डै एक महिना भन्दा बढी समय लगाएर लाइसेन्स वितरण गर्ने गरेको थियो । जुन प्रक्रिया अब अझै बढेर ६ महिना पुगेको छ । त्यसो त यातायातकै अधिकारीहरुले पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने योजना कार्यान्वयनमा कठिनाइ भएको बताउने गरेका छन् ।

यातायात कार्यालयले मागे अनुसार कार्ड नछापिँदा सेवाग्राही प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यता छ । जसको कारण निकै समय कुर्नुपर्ने समस्या छ । यातायातको पछिल्लो तथ्यांक अनुसार सबै प्रक्रिया पुरा गरि राजश्व समेत तिरेर लाइसेन्स कुरेर बस्नेको शंख्या १ लाख पुगेको छ । ‘स्मार्ट कार्ड’छाप्ने  विभागको केन्द्रीय कार्यालय मीनभवनले मागे अनुसारको कार्ड छाप्न सकेको छैन । तीनवटा उपकरणले कार्ड छाप्छन् तर पनि माग बमोजिम आपूर्ति भएको छैन । 

यातायात कार्यालयले केहि महिना पहिलेसम्म २/३ महिनाभित्र लिन आउनु भनेर सेवाग्राहीलाई पठाउने गरेको भएपनि कार्ड छापिएर नआएपछी सर्वसाधारणको आक्रोश र आफ्नो कार्ड आए/नआएको भन्दै सोध्न फोन गरेर हैरान पारेपछि सेवा छिटो दिनुको सट्टा ६ महिनामा आउनु भनेर पठाउने गरेको यातायात कार्यालयका एक कर्मचारीले बताए । 'छ महिनामा आउनु' भनेर पठाएपछी छ महिनासम्ममा कार्ड आउने सम्भवना हुने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’