Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अम्बे सिमेन्टको इजाजत रद्द

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/9255c8a1f402b03e5d7bb5e7981420fd1512489878.jpg" style="width: 511px; float: left;">मङ्सिर १९,&nbsp; काठमाडौं | नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्द गरेको छ ।&nbsp;<br></p><p>कम्पनीले नेपाल गुणस्तर एेन २०४९ ले तोकेकोभन्दा कम कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।&nbsp;</p><p>विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालिले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कम कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिनुभयो । रासस</p>