२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीसेनाद्वारा यमनमा आक्रमण हुँदा ३१ को मृत्यु,५१ घाइते

२८ मंसिर २०७४, बिहीबार १९:४१

मङ्सिर २९, साना (रासस/सिन्ह्वा) | यमनको राजधानी सानामा एक कारागारको सुरक्षार्थ रहेको प्रहरी शिवीरमा भएको हवाई कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । 

यस कारबाहीमा परी अन्य ५९ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको राज्यको समाचार समिति साबाले सो जानकारी दिएको छ ।

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सो कारबाही गरेको हो । सुरक्षा अधिकारीले सुरुमा दिएको जानकारीअनुसार बुधबार बिहान सबेरै साना सहरको प्रमुख केन्द्रमा अवस्थित एक कारागार भवनभित्र रहेको प्रहरी शिवीरमा साउदी अरेबियासँग आवद्ध सात वटा हवाई कारबाहीमा १२ कैदीको मृत्यु हुनुको साथै अन्य ८० घाइते भएका थिए । 

तर प्राप्त पछिल्लो समाचारनुसार यस कारबाहीमा मारिने व्यक्तिको सङ्ख्या ३१ पुगेको नाम नबताउने शर्तमा एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 

साथै नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले सिन्हवा समाचार समितिलाई हवाई कारबाहीमा परेको सो जेलमा पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहका समर्थक रहका जानकारी दिएका छन् । 

यमनका राष्ट्रपति अब्दरब्बु हादीको सहयोग गर्दै साउदी अरेबियाले हवाई आक्रमण गर्दै आएको छ । सन्.२०१५ मा हुथीले जारी राखेको द्वन्द्वको क्रममा हादी साउदी अरेबियाको शरणमा पुग्नु भएको थियो । 

यमनमा सन् २०१५ बाट जारी द्वन्द्वमा परी बालबालिकासहित १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको र ३० लाख व्यक्ति विस्थापित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य